News Griha :: न्यूजगृह
राप्रपाले आज काठमाडौंमा जनप्रदर्शन गर्दै
फाइल तस्बिर।

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार काठमाडौंमा जनप्रदर्शन गर्दैछ। गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएको राप्रपाले आफ्नो माग पूरा दबाब सिर्जना गर्न काठमाडौंमा बृहत् जनप्रदर्शन गर्न लागेको हो।

आजको जनप्रदर्शनमा काठमाडौंका विभिन्न स्थानबाट जुलुस निस्कने, ललितपुर, भक्तपुर र आसपासका जिल्लाबाट र्‍याली सहितको सहभागिता रहने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन्।

प्रदर्शनका सहभागीहरू भृकुटीमण्डपमा भेला हुने, शहरका विभिन्न ठाउँको परिक्रमा गर्ने र सभा गर्ने राप्रपाले जनाएको छ।

सभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र नेताहरूले सम्बोधन गर्नेछन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निषेधाज्ञा तोड्ने गरी काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरेको छ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०८:३३
Weather Update