News Griha :: न्यूजगृह
कांग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौं — नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ। बैठक बिहान ८ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्नेछ।

संसद्को गतिरोध, संसद्मा दर्ता भएका विधेयक, बजेट अधिवेशन लगायतमा छलफल गर्न बैठक बस्न लागेको हो।

प्रतिनिधि सभा बैठक आज बस्दैछ। बैठकमा कांग्रेसले निरन्तर गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।

समिति गठन नभए बैठक चल्ने नदिने चेतावनी कांग्रेस नेताहरूले दिएका छन्। कांग्रेसले दिएको अल्टिमेटम सकिएपछि संसद् अवरोधको चेतावनी दिएको हो। दलको बैठकमा यसबारे पनि छलफल हुनेछ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०७:३५
Weather Update