राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ता आज

काठमाडौं — राष्ट्रिय सभा उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ। प्रतिनिधि सभा भवनको ल्होत्से हलमा साढे ११ बजेका लागि राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ताको समय तोकिएको छ।
नयाँ सत्ता समीकरण बनेसँगै राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएपछि माओवादीबाटै प्रतिनिधित्व गरेकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी थिइन्।
आज मनोनयन दर्तापछि भोलि पौने १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा मत विभाजनसहित लिखित हस्ताक्षरबाट उपाध्यक्षको निर्वाचन हुनेछ।
राष्ट्रिय सभाको उपाध्यक्षका लागि प्रतिपक्षी दल नेपाली कांग्रेसले विष्णुदेवी पुडासैनीलाई उममेदवार बनाउने निर्णय गरेको छ। त्यस्तै सत्ता गठबन्धनबाट भने राष्ट्रिय सभा उपाध्यक्ष एमालेले लिने भएको छ। एमालेले विमला घिमिरेलाई उम्मेदवार बनाउने बताएको छ।
यो पनि
राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसबाट विष्णुदेवी पुडासैनी उम्मेदवार
राष्ट्रिय सभा उपाध्यक्षमा एमालेले घिमिरेलाई उम्मेदवार बनाउने
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८० १०:२२