News Griha :: न्यूजगृह
राष्ट्रिय सभा उपाध्यक्षमा एमालेले घिमिरेलाई उम्मेदवार बनाउने 

काठमाडौं — नेकपा एमालेले राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ।

एमालेले कपिलवस्तुकी विमला घिमिरेलाई राष्ट्रिय सभा उपाध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको हो। ‘पार्टी अध्यक्षज्यूले विमला घिमिरे नै उम्मेदवार हो भन्नु भएको छ,’ राष्ट्रिय सभा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले भने, ‘उहाँ नै हो  हाम्रो उम्मेदवार।’

यही चैत २८ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुँदैछ। 

फागुन २१ गते नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीबीच आठ बुँदे सहमति हुँदा राष्ट्रिय सभा उपाध्यक्ष एमालेले लिने थियो।

फागुन ३० गते एकीकृत समाजवादी पनि गठबन्धनमा थपिँदा एमालेले राष्ट्रिय सभा उपाध्यक्ष पाउने सहमति हटेको थियो। अहिले एमालेले उम्मेदवारी दिने निर्णय गरेको हो।

राष्ट्रिय सभामा माओवादी केन्द्र ठूलो दलका रूपमा रहेको छ। अध्यक्षसहित माओवादीका १८ सांसद छन्।

नेपाली कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८ सांसद छन्। जनता समाजवादी पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा एक/एक सांसद छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १५:१६
Weather Update