News Griha :: न्यूजगृह
धनुष र ऐश्वर्याले दिए सम्बन्धविच्छेदको निवेदन

काठमाडौं— अभिनेता तथा निर्माता धनुष र निर्देशक ऐश्वर्या रजनीकान्तले सम्बन्धविच्छेदका लागि निवेदन दिएका छन्। उनीहरूले हालैमात्र चेन्नईको एक पारिवारिक अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन दिएका हुन्।

गत वर्षको जनवरीमा धनुष र ऐश्वर्याले अलग हुने घोषणा गरेका थिए।

‘साथी, दम्पती, अभिभावक र एक अर्काका शुभचिन्तकका रुपमा १८ वर्षको साथ। यो विकास, समझदारी, समायोजन र एक अर्काको अनुकुल हुने यात्रा रह्यो। आज हामी त्यो मोडमा उभिएका छौं। जहाँ हाम्रो बाटो अलग भएको छ। ऐश्वर्या र मैले एक जोडीका रुपमा अलग हुने र बृहत्तर आशामा एक व्यक्तिका रुपमा एकअर्कालाई सम्झाउनका लागि समय लिने निर्णय लिएका छौं,’ धनुषले सामाजिक सञ्जालमा लेखेका थिए।

धनुष र ऐश्वर्याले सन् २००४ मा विवाह गरेका थिए। उनीहरूका दुई छोरा यात्रा र लिङ्गा छन्। कामको कुरा गर्दा ऐश्वर्याले ‘लाल सलाम’बाट निर्देशकका रुपमा पुनरागमन गरेकी छन्। जसमा उनका पिता रजनीकान्त विशेष भूमिकामा छन्।

धनुषको पछिल्लो फिल्म ‘क्याप्टल मिलर’ हो। जुन अरुण मथेश्वरद्वारा निर्देशित र सत्य ज्योति फिल्मद्वारा निर्मित एक्सन–एडभेन्जर फिल्म हो ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०९:२४
Weather Update