टी-२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक सोमबार, चैत २६, २०८०

बलम्बुस्थित सशस्त्र प्रहरीको गोदाममा आगलागी सोमबार, चैत २६, २०८० सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा सोमबार दिउँसो आगलागी भएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको गोदाम रहेको घरमा आगो लागेको हो।

कोशीमा वैकल्पिक सरकार गठनका लागि एमाले-माओवादीको ‘राजनीतिक दाबी’ पेस सोमबार, चैत २६, २०८० सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की अल्पमतमा परेको भन्दै एमाले र माओवादी केन्द्रले हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार बनाउनका लागि राजनीतिक दाबी पेस गरेका हुन्।

दुई कोरियाबीच प्रतिस्पर्धा, दोस्रो सैन्य जासूस उपग्रह प्रक्षेपण सोमबार, चैत २६, २०८० उत्तर कोरियाले यस वर्ष धेरै जासुसी उपग्रह प्रक्षेपण गर्ने आफ्नो योजनाको पुष्टि गरेको केही दिनपछि दक्षिण कोरियाले आफ्नो दोस्रो सैन्य जासूस उपग्रह प्रक्षेपण गरेको छ।उत्तर कोरियाले गत वर्ष नोभेम्बरमा र दक्षिण कोरियाले गत वर्षको डिसेम्बरमा आफ्नो पहिलो जासुसी उपग्रह प्रक्षेपण गरेको थियो।

राजेन्द्र महतोको प्रश्न: कम्युनिष्टहरूले गर्न खोजेको के ? सोमबार, चैत २६, २०८० पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टहरूले नेपालको संस्कृति, सभ्यता र पहिचानसँगै अस्तित्व पनि मेटेको आरोप लगाएका छन्।सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि एमाले अध्यक्ष केपी ओलीसम्मले नेपालको संस्कृति, सभ्यता र पहिचानसँगै अस्तित्व पनि मेटेको आरोप लगाए।

छुरा प्रहार गरी जनकपुरमा युवकको हत्या सोमबार, चैत २६, २०८० जनकपुरधामको विश्वकर्मा चोक नजिक छुरा प्रहार गरी एक युवकको हत्या भएको छ।महोत्तरीको एकडाँडा गाउँपालिका घर भएका २० वर्षीय प्रिन्सकुमार महासेठको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले बताए।

नाउपाकी सांसद इन्दिरा गिरी पदमुक्त सोमबार, चैत २६, २०८० सोमबार निकालिएको सूचनामा भनिएको छ, ‘प्रदेशसभा सदस्य माननीय इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेश सभाको सचिवालयमा पेस भएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम सूचना प्रकाशित गर्न सभामुखको निर्देशन भएको हुँदा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

कोशीमा माओवादीका मन्त्रीहरूले मुख्यमन्त्रीलाई बुझाए राजीनामा सोमबार, चैत २६, २०८० कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा माओवादीबाट खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्रकुमार कार्की र पर्यटन, वन तथा वातावरणमा गणेश उप्रेती थिए।

गायक निशान र मोडल ऋचाले गरे सम्बन्धविच्छेद सोमबार, चैत २६, २०८० गायक निशान भट्टराई र ऋचा न्यौपानेबीच सम्बन्धविच्छेद भएको छ। काभ्रे जिल्ला अदालतले सम्बन्धविच्छेदको आदेश दिएको हो।

सरकार–प्रतिपक्ष मुठभेडतर्फ सोमबार, चैत २६, २०८० भामुख देवराज घिमिरे ४ ठूला दलका शीर्ष नेताहरूसँग छलफल बिनानिष्कर्ष टुंगिएको छ। संसद्मा प्रमुख प्रतिपक्ष दल कांग्रेसले उठाएका विषयबारे छलफल गर्न सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसहित दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका थिए।

वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा प्रहरीको छापा, सञ्चालक पक्राउ सोमबार, चैत २६, २०८० पक्राउ पर्नेमा मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर (एमडी) सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो।

संसद्को गतिरोध अन्त्य गर्न प्रमुख ४ दलका शीर्ष नेतासँग सभामुख घिमिरेको छलफल, ओली अनुपस्थित सोमबार, चैत २६, २०८० छलफलमा सभामुखसहित प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलगायत नेता सहभागी छन्। सभामुखले छलफलका निम्ति बोलाए पनि एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा अनुपस्थित छन्।

माओवादी केन्द्रको निर्णय: कोशी सरकारबाट बाहिरिने, समर्थन पनि फिर्ता लिने सोमबार, चैत २६, २०८० नेकपा माओवादी केन्द्रले कोशी सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।









