
काठमाडौं— आसन्न टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टंकलाल घिसिङले नेपालको नयाँ जर्सी सार्वजनिक गरेका हुन्।
नयाँ जर्सीको सबैभन्दा तल गैंडा र सगरमाथा छ । रंग रातो, हल्का मधुरो र सेतोमा छ। बीचमा नेपाल लेखिएको छ। बीचको भागको रंग निलो छ। बायाँतर्फ क्यान र दायाँतर्फ टी–२० विश्वकपको लोगो छ। घाँटीको भाग रातो रंगमा छ। दुवै बाउलामा नेपालको झण्डा छ।
पछाडिको अधिकांश भाग निलो रंगमा छ। जर्सी नम्बरमाथि खेलाडीको नाम छ। तल्लोभागमा सगरमाथा नै छ। आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकपमा नेपाल समूह डीमा परेको छ, जसमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्डस् पनि छन्।
शीर्ष दुईमा रहने हरेक समूहका दुई दुई टोली सुपर ८ मा पुग्नेछन्।