कोशीमा माओवादीका मन्त्रीहरूले मुख्यमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौं— कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले मुख्यमन्त्री समक्ष राजीनामा बुझाएका छन्।
सोमबारको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र नयाँ सरकार गठनको प्रक्रिया थाल्ने निर्णय गरेलगत्तै मन्त्रीहरूले राजीनामा दिएका हुन्।
कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा माओवादीबाट खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्रकुमार कार्की र पर्यटन, वन तथा वातावरणमा गणेश उप्रेती थिए।
प्रकाशित मिति: सोमबार, चैत २६, २०८० १६:०२