छुरा प्रहार गरी जनकपुरमा युवकको हत्या

धनुषा — जनकपुरधामको विश्वकर्मा चोक नजिक छुरा प्रहार गरी एक युवकको हत्या भएको छ।
महोत्तरीको एकडाँडा गाउँपालिका घर भएका २० वर्षीय प्रिन्सकुमार महासेठको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले बताए।
सोमबार दिउँसो १२ बजेतिर महासेठको हत्या भएको हो। धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शव शौचालय भित्र भेटिएको डीएसपी अवाले बताए।
हत्या आशङ्कामा स्थानीय २४ वर्षीय अर्जुन साहलाई प्रहरीले पक्राउ गरेको छ।
प्रकाशित मिति: सोमबार, चैत २६, २०८० १७:१९













