वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा प्रहरीको छापा, सञ्चालक पक्राउ
काठमाडौं — वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर (एमडी) सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो।
मेडिकल कलेजले म्याद गुज्रिएका सामाग्री प्रयोग गर्ने गरेका गुनासो आएपछि प्रहरीले अनुसन्धान गरेको थियो। सो क्रममा म्याद गुज्रिएका सामाग्री समेत बरामद गरिएको र दुई जनालाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुङ्गेलले जानकारी दिए।
-अपडेट गरिएको
प्रकाशित मिति: सोमबार, चैत २६, २०८० १५:१७