News Griha :: न्यूजगृह
पूर्वमन्त्री अब्दुल खान सवार गाडी धादिङमा दुर्घटना
पूर्वमन्त्री अब्दुल खान सवार गाडी धादिङमा दुर्घटना काठमाडौंबाट बर्दिया जाने क्रममा खान सवार गाडी दुर्घटनामा परेको हो। खानका स्वकीय सचिव अतिउल्लाह मुसलमानका अनुसार अर्को जिपलाई जोगाउने क्रममा भित्तामा ठोक्किन पुगेको हो। दुर्घटनामा खानसहित चालक, स्वकीय सचिव र कम्प्युटर अपरेटर घाइते छन्।
सर्लाहीमा आगलागी, ११ घर जलेर नष्ट
सर्लाहीमा आगलागी, ११ घर जलेर नष्ट सर्लाहीको बसबरियामा आगलागी हुँदा ११ घर जलेर नष्ट भएका छन्।सोमबार बिहान ११ बजे बसबरिया गाउँपालिका–३ भवानिपुरको बङ्गलवास्थित दलित बस्तीमा आगलागी भएको हो।  आगलागीबाट ११ परिवारको फुसको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।
डोल्पामा सेनाका ४ जवान जलेर घाइते, तीनको अवस्था गम्भीर  
डोल्पामा सेनाका ४ जवान जलेर घाइते, तीनको अवस्था गम्भीर   सेनाको असावधानीका कारण लागेको आगो आइतबारदेखि एउटा सामुदायिक वनमा फैलिएको थियो। डढेलोका कारण उक्त वनमा पनि ठूलो क्षति भएको छ। सदरमुकाम दुनैस्थित सेनाको देवीदत्त गण ‘क’ भदालेका सैनिक जवानहरूले ब्यारेक क्षेत्रको फोहोर व्यवस्थापन गर्न लगाएको आगो सामुदायिक वनमा फैलिएको थियो।
महेश बस्नेतमाथि साढे २ महिनाको भ्रूण हत्या आरोप, कस्तो कारबाही हुन्छ?, के छ कानुनमा?
महेश बस्नेतमाथि साढे २ महिनाको भ्रूण हत्या आरोप, कस्तो कारबाही हुन्छ?, के छ कानुनमा? त्यसलगत्तै महेशले आफूलाई बदनाम गराउन यस्तो भिडिओ सार्वजनिक गरिएको प्रतिक्रिया जनाएका थिए। ‘अरेली काँडैले मलाई च्वास्सै च्वास्सै’ भन्ने गीतमा बनाइएको भिडिओ क्लिप्स बारे प्रशस्त प्रतिक्रियाहरू आएका थिए । फोटो र भिडिओका विषयमा युवा संघका कार्यकर्ताहरूले बस्नेतको बचाउ गर्दै आएका थिए। त्यस्तै ती महिलाले श्रीमानसँग सम्बन्धविच्छेद गरी ‘कुमारी’रहेको अर्थात् अविवाहित भएको...
तरकारी बोक्ने मिनिट्रकबाट ५४४ केजी गाँजा बरामद
तरकारी बोक्ने मिनिट्रकबाट ५४४ केजी गाँजा बरामद धनकुटाको भेडेटारबाट प्रहरीले ५ सय ४४ केजी गाँजा बरामद गरेको छ। तरकारी लिएर धनकुटाबाट धरानतर्फ जाँदै गरेको को १ ख ३२९४ नम्बरको मिनिट्रकलाई जाँच गर्दा आइतबार राति प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो।तरकारीको बोराभित्र १८ वटा पोकामा राखिएको गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय भेडेटारका प्रमुख जीवन कार्कीले...
कांग्रेस संसदीय दलको बैठक मङ्गलबार 
कांग्रेस संसदीय दलको बैठक मङ्गलबार  नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मंगलबार बस्ने भएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ। प्रतिनिधि सभा बैठक पनि मङ्गलबारका लागि बोलाइएको छ। 
धादिङमा ग्यास सिलिन्डर पड्‌किँदा महिला घाइते
धादिङमा ग्यास सिलिन्डर पड्‌किँदा महिला घाइते धादिङमा ग्यास सिलिन्डर पड्‌किँदा एक महिला घाइते भएकी छन्।ज्वालामुखी गाउँपालिका ६ सुनखानीकी ४२ वर्षीया यशोदा आचार्य घाइते भएकी हुन्। 
सभामुख र शीर्ष नेताहरूबीचको छलफल सर्‍यो
सभामुख र शीर्ष नेताहरूबीचको छलफल सर्‍यो सभामुख देवराज घिमिरे र शीर्ष नेताहरूबीचको छलफलको समय सरेको छ। बिहान साढे १० बजे सिंहदरबारमा बोलाइएको बैठक दिउँसो २ बजेका लागि सारिएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभामा निरन्तर उठाइरहेको प्रश्नका सम्बन्धमा छलफल गर्न सभामुख घिमिरेले शीर्ष नेताहरूलाई छलफलमा बोलाएका हुन्।
कांग्रेसको ‘बटमलाइन’ : सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनैपर्छ 
कांग्रेसको ‘बटमलाइन’ : सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनैपर्छ  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गरिनुपर्ने निष्कर्ष निकालेको छ।सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गरिनुपर्ने अडानमा रहने निष्कर्ष निकालेको हो।
रोकिएन सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड बनाउने क्रम
रोकिएन सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड बनाउने क्रम नेपाली बजारमा सोमबार पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।यसअघि आइतबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आज...
काठमाडौं विश्वकै तेस्रो प्रदूषित शहर 
काठमाडौं विश्वकै तेस्रो प्रदूषित शहर  काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दै गएको छ। विश्वभर वायु प्रदूषणको अवस्था मापन गर्दै आएको स्विट्जरल्यान्डस्थित आईक्यूएयरका अनुसार काठमाडौं वायु प्रदूषणको दृष्टिले विश्वकै तेस्रो स्थानमा पुगेको छ।विश्वमै अस्वस्थकर वायुको पहिलो स्थानमा भारतको नयाँदिल्ली छ भने दोस्रो स्थानमा थाइल्याण्डको चिङ्गमाई शहर छ।चीनको बेइजिङ विश्वकै प्रदूषित शहरको सूचीको १५औँ नम्बरमा छ। 
‘कानुन बनाउने प्रक्रिया लामो र झन्झटिलो भयो’
‘कानुन बनाउने प्रक्रिया लामो र झन्झटिलो भयो’ म आफैँ विधायन व्यवस्थापन समितिमा रहेर पहिला पनि काम गरेँ र अहिले पनि काम गरिरहेको छु। राष्ट्रिय सभामा भूमिकाको उल्लेख गर्नुपर्दा त्यहाँ (राष्ट्रिय सभामा) जति पनि विधेयक आएका छन्। हामीले ती विधेयकलाई बाँकी राखेका छैनौँ। भर्खरै आएको सुरक्षित कारोबार ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल सुरु भएको छ। कतिपय विधेयक...
Weather Update