News Griha :: न्यूजगृह
कांग्रेस संसदीय दलको बैठक मङ्गलबार 
फाइल तस्बिर।

काठमाडौं— नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मंगलबार बस्ने भएको छ। 

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ। प्रतिनिधि सभा बैठक पनि मङ्गलबारका लागि बोलाइएको छ। 

कांग्रेसले गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको विषयमा छानबिनका लागि संसदीय समितिको माग गर्दै आएको छ। 

सोमबार कांग्रेस शीर्ष तहका नेताको बैठक बसेको थियो ।

उक्त बैठकमा संसदीय दलको बैठक बोलाउने निर्णय भएको थियो। बैठकले सहकारी प्रकरणमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गरिनुपर्ने निष्कर्ष निकालेको छ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १२:४७
Weather Update