आज सोमबारे औँसी सोमबार, चैत २६, २०८०

सुनसरीमा पुनः प्रदर्शन चर्कियो, डीएसपीसहित ९ प्रहरी घाइते, प्रदर्शनकारीले पेस्तोल लुटे आइतबार, चैत २५, २०८० उनका अनुसार अर्को सूचना नआएसम्म हरिनगर गाउँपालिका पुरै र देवानगन्ज वडा १ र ७ मा कर्फ्यु यथावत छ। प्रशासनले अन्य पालिकामा भने आंशिक रुपमा कर्फ्यु लागू हुने जनाएको छ। प्रजिअ आचार्यका अनुसार इनरुवा नगरपालिका क्षेत्र, देवानगंजको वडा २, ३, ४, ५ र ६ वडा, भोक्राहा नरसिंह गाउँपालिका क्षेत्र र कोशी...

‘कुकुल्यान्ड’ पुस्तकः प्रधानमन्त्री प्रचण्डका विषयमा छानबिन माग गर्दै लेखा समितिमा उजुरी आइतबार, चैत २५, २०८० ‘कुकुल्यान्ड’ प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुछिएको भन्दै छानबिनको मागसहित सार्वजनिक लेखा समितिमा उजुरी परेको छ। उक्त प्रकरणमा छानबिनको माग गर्दै उजुरी परेको समिति स्रोतले जनायो।

नेपाल इन्जिनियरिङ कलेज घोटालाः लम्बोदर न्यौपाने दोषी ठहर, सजाय निर्धारण अर्को पेसीमा आइतबार, चैत २५, २०८० गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने दोषी ठहर भएका छन्।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७८ माघ २७ गते दायर गरेको मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीश रामबहादुर थापाको इजलासले आइतबार उनलाई दोषी ठहर गरेको हो।

रास्वपा संसदीय दलको बैठक : सरकारमा प्रभावकारिता कसरी बढाउने ? आइतबार, चैत २५, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आइतबार साँझ सिंहदरबारमा बसेको छ। सिंहदरबारस्थित दलको संसदीय दलको कार्यालयमा बैठक बसेको हो। बैठकमा पार्टी सरकारमा रहेको अवस्थामा खेल्नुपर्ने भूमिका र यसको प्रभावकारिता बढाउने विषयमा केन्द्रित रहेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए।

आईपीएलको जारी सिजनमा मुम्बईको पहिलो जित, दिल्ली २९ रनले पराजित आइतबार, चैत २५, २०८० पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा दिल्ली क्यापिटल्सलाई २९ रनले हराउँदै विजयी सुरुवात गरेको छ।

‘द रेड सुटकेस’ क्यूएफएक्स चेनका हलमा रिलिज नहुने आइतबार, चैत २५, २०८० शुक्रबारबाट रिलिज हुने फिल्म ‘द रेड सुटकेस’ का निर्माण टिमले नेपालको क्यूएफएक्स चेनमा फिल्म रिलिज नगर्ने घोषणा गरेको छ।निर्माण कम्पनीले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नो फिल्म क्यूएफएक्स चेनका हलमा रिलिज नगर्ने घोषणा गरेको हो।

प्रहरीमा थपियो डीआईजीको दुई दरबन्दी आइतबार, चैत २५, २०८० नेपाल प्रहरीमा दुईजना डीआईजीको दरबन्दी थपिएको छ।बिहीबार भएका सरकारका निर्णयको आइतबार नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसबारे जानकारी दिएकी हुन्।

उपनिर्वाचनका उम्मेदवारविरुद्ध परेन उजुरी आइतबार, चैत २५, २०८० आगामी वैशाख १५ गते उपनिर्वाचनका लागि उम्मेदवारी दिएका कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ।शनिबार इलाम–२ मा २० र बझाङ प्रदेशसभा १ मा १२ जनाको उम्मेदवारी परेको थियो। उनीहरूमाथि आइतबार दिउँसो ३ बजेसम्म उजुरी दिने समय तोकिएको भएपनि कुनै उजुरी नपरेको हो।
काठमाडौंबाट १० जना बंगलादेशी नागरिक पक्राउ आइतबार, चैत २५, २०८० बंगालदेशी नागरिकहरू विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनीरूपमा बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिहरूमा संलग्न रहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

सेनाले सगरमाथा, ल्होत्से र नुप्से हिमाल सफाइ गर्ने, १० टन फोहोर सङ्कलन गर्ने आइतबार, चैत २५, २०८० नेपाली सेनाले आइतबार पत्रकार सम्मेलन गरी सेनाका तालिम प्राप्त जनशक्तिले सगरमाथाको आधार शिविरदेखि चौथो शिविरसम्म फोहोर सङ्कलन गर्ने योजना रहेको जानकारी दिएको छ। सफा हिमाल अभियानका निर्देशक सहायक रथी सञ्जय देउजाले सफाइ अभियानमा सेनाका १२ दक्ष जनशक्ति परिचालन गरिने जानकारी दिए। उनीहरूमध्ये १० जनाले सगरमाथा आधार शिविरमाथि र दुई जनाले...

फेवातालमा डुंगा दुर्घटनामा परेका युवकको सकुशल उद्धार आइतबार, चैत २५, २०८० फेवातालमा बोटिङ गर्ने क्रममा आइतबार साँझ दुर्घटनामा परेका एक युवकको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ।अचानक चलेको हावाहुरीले डुंगा पल्टिँदा पोखरा–६ लेकसाइड बस्ने स्याङजाको अर्जुनचौपारी–३ का २० वर्षीय शोभित परियार डुबेका थिए।

सेवाग्राहीसँग घुस लिएका असई र वरिष्ठ हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा आइतबार, चैत २५, २०८० सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका प्रहरी चौकी कान्तिबजार महोत्तरीका यादव र झाविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।









