‘कुकुल्यान्ड’ पुस्तकः प्रधानमन्त्री प्रचण्डका विषयमा छानबिन माग गर्दै लेखा समितिमा उजुरी

काठमाडौं — ‘कुकुल्यान्ड’ प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुछिएको भन्दै छानबिनको मागसहित सार्वजनिक लेखा समितिमा उजुरी परेको छ।
उक्त प्रकरणमा छानबिनको माग गर्दै उजुरी परेको समिति स्रोतले जनायो।
कुकुल्यान्ड बेलायती पत्रकार टमले बरजिसको लेखेको पुस्तक हो। उनको पुस्तकमा नेपालको टेलिकम व्यापारमा भएको भ्रष्टाचारको वृत्तान्त खोतलिएको सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि यस विषयमा बहस भइरहेको छ।
प्रधानमन्त्री प्रचण्ड, व्यवसायी अजेय सुमार्गी लगायत व्यक्तिका विषय पुस्तकमा उल्लेख गरिएको समाचार प्रकाशित भएका छन्। यसैका आधारमा उजुरी परेको ती सदस्यले बताए।
'सञ्चारमाध्यममा आएको समाचारको आधारमा उजुरी आएको मलाई जानकारी आएको छ,' स्रोत भन्यो।
प्रकाशित मिति: आइतबार, चैत २५, २०८० २०:३९













