News Griha :: न्यूजगृह
काठमाडौंबाट १० जना बंगलादेशी नागरिक पक्राउ

काठमाडौं — भिसा अवधि समाप्त भएपछि पनि नेपालमा बसिरहेका १० जना बंगलादेशी नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ। 

बंगालदेशी नागरिकहरू विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनीरूपमा बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिहरूमा संलग्न रहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार ठमेल र सोह्रखुट्टे क्षेत्रबाट नियन्त्रणमा लिएको रेग्मीको भनाई छ।

उनीहरूलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि अध्यागमन कार्यालय पठाइएको छ।  

p

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १८:३७
Weather Update