उपनिर्वाचनका उम्मेदवारविरुद्ध परेन उजुरी

काठमाडौं — आगामी वैशाख १५ गते उपनिर्वाचनका लागि उम्मेदवारी दिएका कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ।
शनिबार इलाम–२ मा २० र बझाङ प्रदेशसभा १ मा १२ जनाको उम्मेदवारी परेको थियो। उनीहरूमाथि आइतबार दिउँसो ३ बजेसम्म उजुरी दिने समय तोकिएको भएपनि कुनै उजुरी नपरेको हो।
इलाम–२ का निर्वाचन अधिकृत केशव घिमिरेले इलाम–२ का २० जना उम्मेदवारविरुद्ध कुनैपनि उजुरी नपरेको बताए। इलाम–२ मा राजनीति दलका १२ र ८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
यस्तै बझाङ प्रदेशसभा १ का निर्वाचन अधिकृत सुदर्शन लामिछानेले पनि १२ जना उम्मेदवारमाथि कुनै उजुरी नपरेको बताए। निर्वाचन अधिकृतहरूका अनुसार उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले मात्र उजुरी दिन पाउने व्यवस्था थियो।
प्रकाशित मिति: आइतबार, चैत २५, २०८० १८:५४