News Griha :: न्यूजगृह
तरकारी बोक्ने मिनिट्रकबाट ५४४ केजी गाँजा बरामद
बरामद गाँजा। तस्बिरः धनकुटा प्रहरी।

धनकुटा — धनकुटाको भेडेटारबाट प्रहरीले ५ सय ४४ केजी गाँजा बरामद गरेको छ। 

तरकारी लिएर धनकुटाबाट धरानतर्फ जाँदै गरेको को १ ख ३२९४ नम्बरको मिनिट्रकलाई जाँच गर्दा आइतबार राति प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो।

तरकारीको बोराभित्र १८ वटा पोकामा राखिएको गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय भेडेटारका प्रमुख जीवन कार्कीले जानकारी दिए। 

मिनिट्रक प्रहरीको नियन्त्रणमा छ। मिनिट्रक चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

गत महिना पनि भेडेटारबाट पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर तथा अटोलगायतका सवारी साधनबाट समेत ठूलो परिमाणमा गाँजा बरामद गरिएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १३:२८
Weather Update