धादिङमा ग्यास सिलिन्डर पड्किँदा महिला घाइते
काठमाडौं — धादिङमा ग्यास सिलिन्डर पड्किँदा एक महिला घाइते भएकी छन्।
ज्वालामुखी गाउँपालिका ६ सुनखानीकी ४२ वर्षीया यशोदा आचार्य घाइते भएकी हुन्।
आफ्नै घरको भान्छा कोठामा खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी हुँदा ग्यास पड्किएको थियो। त्यसक्रममा घाइते भएकी यशोदालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो।
त्यहाँ सामान्य उपचारपछि बेलुकी पौने ९ बजेतिर थप उपचारका लागि काठमाडौं ल्याइएको छ। उनको शरीरको अगाडिको भागमा चोट लागेको प्रहरीले जनाएको छ।
उनी बोल्न सक्ने अवस्थामै रहेको र अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: सोमबार, चैत २६, २०८० १२:२७













