News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
रोकिएन सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड बनाउने क्रम

काठमाडौं— नेपाली बजारमा सोमबार पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि आइतबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। 

Prabhu Bank

आज सुन प्रतितोला एक लाख ३६ हजार दुई सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा ६ सय रुपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

आइतबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

सोमबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ६ सय ८५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ।

आइतबार चाँदी प्रतितोला एक हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ११:२४
Weather Update