सुनसरीको चतराधाममा बाह्रवर्षे कुम्भ मेला सुरु हुँदै मंगलबार, चैत २७, २०८०

आगो निभाउँदा जलेर गम्भीर घाइते भएका एक सैनिकको मृत्यु मंगलबार, चैत २७, २०८० उपचारका लागि काठमाडौं रेफरको तयारीमा रहेका सैनिकको डोल्पा अस्पतालमा मृत्यु भएको हो। मृत्यु हुनेमा देवीदत्त गुल्मका सिपाही जुम्लाको तातोपानी गाउँपालिका– ४ का २८ वर्षीय जवान हेमन्त रावत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो। थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको अवस्थामै सैनिकको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्होटे पर्व मनाउन कास्कीका तीन पालिकामा बिदा मंगलबार, चैत २७, २०८० तमु (गुरुङ) समुदायको परम्परागत पर्व ट्होटेका अवसरमा कास्कीका तीन स्थानीय तहले मंगलबार बिदा दिएका छन्। मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाले बिदा दिएका हुन्।

यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना मंगलबार, चैत २७, २०८० आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागको एक/दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

नियन्त्रणमा आयो सशस्त्र प्रहरीको गोदाममा भएको आगलागी सोमबार, चैत २६, २०८० काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय गोदाम घरमा भएको आगलागी नियन्त्रणमा आएको छ। सोमबार बेलुका पौने ५ बजेतिर सशस्त्रका कर्मचारीको बन्दोबस्ती सङ्गठनका लागि चाहिने अन्य सामान भण्डारण गरिएको गोदाम घरमा आगलागी भएको थियो।

नाउपा अध्यक्ष रञ्जिताले घनश्यामलाई दलको नेताबाट हटाइन्, कैलाशलाई जिम्मेवारी दिइन् सोमबार, चैत २६, २०८० ‘प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई दलको नेताको रूपमा दैनिक सभा सञ्चालनका लागि सहमति भएकोमा निजले दलको निर्देशन पालन नगरेका कारण परिवर्तन गर्ने निर्णय गरिएको छ,’ रञ्जिताले लेखेको पत्रमा भनिएको छ, ‘दलको विधान तयार नभएका कारण हाललाई दलको केन्द्रीय बैठकको निर्णयअनुसार माननीय सदस्य कैलाश चौधरीलाई संसदीय दलको नेताको हैसियतमा काम गर्न...

ठूलो दुर्घटनाबाट जोगियो समिट एअरको जहाज सोमबार, चैत २६, २०८० धनगढीबाट बझाङका लागि उड्नै लागेको समिट एअरको जहाज दुर्घटनाबाट जोगिएको छ। जहाजको दुवैतिरको पंखा नजिकबाट इन्धन चुहिएपछि उड्नै लागेको जहाजको इन्जिन बन्द गरी ग्राउण्डेड गरिएको छ।नाइन एनएमजी कल साइन भएको उक्त जहाजमा इन्धन चुहिएको बारे विमान चालक दलका सदस्यले कुनै पनि सुइँको पाएका थिएनन्।

आगो निभाउने क्रममा घाइते भएका सैनिकको हेलिकप्टरबाट उद्धार सोमबार, चैत २६, २०८० ठूलीभेरी नगरपालिका–४ मा पर्ने मस्टा भवानी सामुदायिक वनमा आइतबार दिउँसो सल्किएर निभाइ सकेको आगो सोमबार पुनः लागेपछि निभाउने क्रममा देवीदत्त गण भदालेका चार सैनिक घाइते भएका थिए।

सशस्त्र गोदाममा आगलागी: एआईजीको नेतृत्वमा छानविन समिति गठन सोमबार, चैत २६, २०८० सशस्त्र प्रहरी बल नेपालको बलम्बुस्थित केन्द्रीय गोदाम घरमा भएको आगलागीबारे छानविन गर्न एआईजीको नेतृत्वमा ९ सदस्यीय समिति गठन भएको छ।सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कार्यविभागका एआईजी वंशीराज दाहालको नेतृत्वमा प्राविधिक अधिकृतहरू समेत सम्मिलित समिति गठन गरेका हुन्।

गोली प्रहार गरी पाँच लाख रुपैयाँ लुटपाट गर्ने २ जना पक्राउ सोमबार, चैत २६, २०८० सुनसरी सदरमुकाम इनरुवा–९ बवियाबाट गोली प्रहार गरी पाँच लाखभन्दा बढी रकम लुटपाट गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ। पक्राउ पर्नेमा सप्तरी हनुमान कङ्कालिनी–३ का २९ वर्षीय इब्रान मन्सुरी मियाँ र भोक्राहा नरसिंह–४ का ३६ वर्षीय उमेश मुखिया रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए। जिल्ला...

ह्विलचियर बास्केटबल मङ्गलबारदेखि, १३ टोली सहभागी सोमबार, चैत २६, २०८० दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा १३ टोलीले सहभागिता जनाउने भएका छन्। नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कबर्ड हलमा मंगलबार र बुधबार प्रतियोगिता हुँदै छ।
![बलम्बुस्थित सशस्त्र प्रहरीको गोदाममा लागेको आगो नियन्त्रणमा लिन ७ वटा दमकल र ट्यांकर परिचालन [अपडेट]](https://newsgriha.com/uploads/posts/balambu_apfgodam_aaglagi-1712579424.jpg)
बलम्बुस्थित सशस्त्र प्रहरीको गोदाममा लागेको आगो नियन्त्रणमा लिन ७ वटा दमकल र ट्यांकर परिचालन [अपडेट] सोमबार, चैत २६, २०८० काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय गोदाममा एक घण्टादेखि भीषण आगलागी भएको छ।सोमबार साँझ उक्त सशस्त्र प्रहरी अस्पतालनजिकै रहेको केन्द्रीय गोदाममा आगलागी भएको हो। आगलागीपछि घटनास्थलबाट ठूलो मात्रामा धुवाँ फैलिएको छ।
![यसरी मनाइयो टुँडिखेलमा घोडेजात्रा [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/ghode-jatra-2080-13-1712582275.jpg)
यसरी मनाइयो टुँडिखेलमा घोडेजात्रा [तस्बिरहरू] सोमबार, चैत २६, २०८०









