News Griha :: न्यूजगृह
नियन्त्रणमा आयो सशस्त्र प्रहरीको गोदाममा भएको आगलागी

काठमाडौं— काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय गोदाम घरमा भएको आगलागी नियन्त्रणमा आएको छ। 

सोमबार बेलुका पौने ५ बजेतिर सशस्त्रका कर्मचारीको बन्दोबस्ती सङ्गठनका लागि चाहिने अन्य सामान भण्डारण गरिएको गोदाम घरमा आगलागी भएको थियो।

आगलागी बेलुकी नियन्त्रणमा आएको सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले जानकारी दिए। 'आगलागी नियन्त्रणमा आएको छ,' उनले भने। 

आगलागीबाट ठूलो धनराशीका सामानहरू जलेर नष्ट भएका छन्। कति सामान जल्यो भनेर यकिन भइनसकेको सशस्त्रले जनाएको छ।

घटनापछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र गृह सचिव एकनारायण अर्यालसहितका अधिकारीले समेत बलम्बु पुगेर घटनाका बारेमा जानकारी लिएका थिए।

गोदामघरमा भएको आगलागीबारे छानविन गर्न एआईजीको नेतृत्वमा ९ सदस्यीय समिति गठन भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कार्यविभागका एआईजी वंशीराज दाहालको नेतृत्वमा प्राविधिक अधिकृतहरू समेत सम्मिलित समिति गठन गरेका हुन्।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  २१:३१
Weather Update