प्रतिनिधि सभा बैठकमा कांग्रेसको अवरोध, प्रतिपक्षीसँगै सत्तापक्ष पनि उभिए मंगलबार, चैत २७, २०८०

एप्पलले हटायो ६१४ कर्मचारी मंगलबार, चैत २७, २०८० एप्पलले सेल्फ ड्राइभिङ कार योजना छाडे पछि ६०० भन्दा बढी रोजगारी कटौती गरेको छ। अधिकांश रोजगार कटौतीमा पर्नेहरूमा हालै क्यालिफोर्नियामा परित्याग गरिएको सेल्फ ड्राइभिङ कार प्रोजेक्टमा काम गरिरहेका हुन।ब्लुमबर्गका अनुसार यस विषयमा राज्यको रोजगार विभागलाई २८ मार्चमा सूचित गरिएको थियो। ६१४ कर्मचारीलाई मे महिनामा हटाइने छ।

राष्ट्रिय सभा उपाध्यक्षमा विष्णु र विमलाले गराए उम्मेदवारी दर्ता मंगलबार, चैत २७, २०८० गणितीय हिसाबले गठबन्धनकी उम्मेदवार एवम् एमाले सांसद घिमिरेको जित सुनिश्चित छ। उनले आफू निर्वाचित भएमा राष्ट्रिय सभा अध्यक्षसँग सल्लाह गरेर विधेयक अघि बढाउने लगायतका काममा प्रभावकारी भूमिका खेल्ने बताइन्।

सहकारीबाट लाखौ जनता ठगिएका छन्, पछि हट्नु हुँदैन : देउवा मंगलबार, चैत २७, २०८० नेपाली कांग्रेस सहकारी प्रकरणको मुद्दा उठाउने विषयमा पछि नहट्ने भएको छ। मंगलबार बसेको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले सहकारी मुद्दाबाट पछि नहट्ने स्पष्ट गरेका हुन्।सभापति देउवाले धेरै जनता सहकारीबाट ठगिएको बताउँदै यस मुद्दालाई यतिकै छोड्न नहुने बताएका हुन्।

बालुवाटार छलफल निष्कर्षविहीन, कांग्रेसको अडान कायमै मंगलबार, चैत २७, २०८० संसद्को अवरोध खुलाउन बालुवाटारमा भएको छलफल बिना निष्कर्ष सकिएको छ। सभामुख देवराज घिमिरेको पहलमा भएको छलफलमा कांग्रेसले आफ्नो अडान नछोडेको बताइएको छ।छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने तथा कांग्रेस महामन्त्री गगन थापा र पूर्वमहामन्त्री...

भारतमा गाडी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु मंगलबार, चैत २७, २०८० भारतको उत्तराखण्डस्थित नैनितालमा गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार सोमबार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको हो।

रोजगार सङ्कटलाई ध्यानमा राख्दै न्युजिल्याण्डले कडा बनायो भिसा नियम मंगलबार, चैत २७, २०८० न्युजिल्याण्डले भिसा नियम कडा बनाउने घोषणा गरेको छ। विदेशबाट न्युजिल्याण्डमा आउनेको संख्या अस्थिर रहेको भन्दै भाषा र सीप मापदण्डहरू थपेर भिसाको नियम कडा गर्ने घोषणा गरिएको छ। एक्रेडिटेड इम्प्लोयर वर्कर भिसा योजनामा नयाँ नियम तत्काल लागू हुनेगरि अध्यागमन मन्त्री एरिका स्ट्यानफोर्डले घोषणा गरेकी छन्।

सङ्खुवासभामा छोराले कुटपिट गर्दा बुबाको मृत्यु मंगलबार, चैत २७, २०८० सोमबार साँझ साढे ६ बजे ५० वर्षीय युवराज राई र उनकै छोरा २८ वर्षीय सुमन राईबीच सामान्य घरायसी विषयमा विवाद भएको थियो। साेहीक्रममा सुमनले शरीरको बिभिन्न भागमा कुटपिट तथा ढुङ्गाले टाउकोमा प्रहार गर्दा युवराज राई गम्भिर घाइते भएका थिए।

कैलालीमा दिदीबहिनी झुन्डिएको अवस्थामा भेटिए मंगलबार, चैत २७, २०८० उनका अनुसार २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएका हुन्। दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिए पनि यसबारे थप केही नखुलेको एसपी बिष्टले बताए।
१०० रुपैयाँले बढ्यो सुनको मूल्य मंगलबार, चैत २७, २०८० नेपाली बजारमा सुनको भाउले लगातार तेस्रो दिन पनि नयाँ रेकर्ड कायम राख्न सफल भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको छ।

कांग्रेसको निर्णय: संसदीय छानविन समिति गठन नभए संसद् चलन दिदैनौँ मंगलबार, चैत २७, २०८० नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय छानविन समिति गठन नगरे संसद् बैठक चल्न नदिने निर्णय गरेको छ।साथै कांग्रेसले आफ्ना मागबारे सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार नै जिम्मेवार हुने जनाएको छ। सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएका छन् ।

प्रतिनिधि सभाको अवरोध हटाउन बालुवाटारमा सत्ता-प्रतिपक्षबीच छलफल मंगलबार, चैत २७, २०८० सदनको अवरोध हटाउन सभामुख घिमिरेले पहल गर्दै आएका छन्। बालुवाटारमा मंगलबार सभामुख घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापा र राष्ट्रिय सभामा कांग्रेस संसदीय दल नेता कृष्णप्रसाद सिटौलासँग छलफल गरेका हुन्।
![सूर्यग्रहण: जब पूरै महाद्वीपमा एकैचोटि अँध्यारो भयो [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/Total-Solar-Eclipse3-1712639576.jpg)
सूर्यग्रहण: जब पूरै महाद्वीपमा एकैचोटि अँध्यारो भयो [तस्बिरहरू] मंगलबार, चैत २७, २०८०









