प्रतिनिधि सभा बैठकमा कांग्रेसको अवरोध, प्रतिपक्षीसँगै सत्तापक्ष पनि उभिए
काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ। संसद् बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरू आआफ्नो स्थानमा उठेका थिए।
सभामुख देवराज घिमिरेले समय दिएपछि कांग्रेस सचेतक सुशीला थिङले सहकारी अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग राखिन्। तर सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै उनले समिति नबनेसम्म कुनै पनि कामकारबाही अगाडि नबढाउन आग्रह गरिन्।
लगतै सभामुखले रास्वपा सांसद मनिष झालाई समय दिएका थिए, तर कांग्रेस सांसदहरू उभिए। अहिले पनि सत्तारुढ दलका सांसदहरू पनि उभिएका छन्।
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८० १३:११