दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल : दुई विभागीयसहित ८ टोली सेमिफाइनलमा मंगलबार, चैत २७, २०८०

तस्बिरमा हेर्नुहोस् संघीय राजधानीमा राप्रपाको गणतन्त्र विरोधी प्रदर्शन मंगलबार, चैत २७, २०८० प्रदर्शनका कारण काठमाडौं र ललितपुरको सवारी आवागमन दिनभर प्रभावित भएको छ। घण्टौँ सवारी जाम भएको छ। देशभरबाट काठमाडौंमा जम्मा भएका राप्रपाका प्रदर्शनकारीले भद्रकालीबाट निषेधित क्षेत्र तोड्दै सिंहदरबारतर्फ अघि बढ्ने प्रयास गर्दा प्रहरीले बल प्रयोग गर्यो।

उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन, निर्वाचन चिह्न पनि प्रदान मंगलबार, चैत २७, २०८० आयोगका अनुसार इलाम- २ को प्रतिनिधि सभा निर्वाचनमा एक स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि १९ उम्मेदवार कायम रहेका छन्। उम्मेदवार फिर्ता लिनेमा स्वतन्त्र उम्मेदवार केशव कुमार चापागाईं रहेका छन्। आयोगले १९ जनाको अन्तिम नामावली प्रकाशन गरि निर्वाचन चिह्न समेत प्रदान गरिएको जनाएको छ।

बालेनको व्यंग्य- अरुलाई के भनम्, म आफै खराब छु ! मंगलबार, चैत २७, २०८० काठमाडौं महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एक कवितात्मक व्यंग्य लेखेका छन्।उनले लेखेको कविताले अहिले व्यवस्था विरोधी आन्दोलन गरिरहेको राप्रपादेखि सत्तामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीसमेतलाई व्यंग्य गरेको बुझ्न सकिन्छ।

डोल्पा आगलागीमा घाइते थप २ सैनिकको मृत्यु मंगलबार, चैत २७, २०८० डोल्पामा भएको आगलागीमा परि घाइते भएका देवीदत्त गुल्मका थप २ जना नेपाली सेनाको मृत्यु भएको छ। उनीहरूको मंगलबार दिउँसो किर्तिपुरमा रहेको बर्न हस्पिटलमा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। मृत्यु हुनेमा काभ्रे घर भएका ३८ वर्षका सेनाका जमदार केशवबहादुर जर्घामगर र हुम्ला घर भएका २३ वर्षका सिपाही...

केजरीवाललाई उच्च अदालतले दिएन राहत मंगलबार, चैत २७, २०८० मुख्यमन्त्री केजरीवालले 'कथित' रक्सी घोटाला प्रकरणमा आफ्नो गिरफ्तारीलाई चुनौती दिँदै दायर गरेको याचिकामा फैसला दिँदै उच्च अदालतकी न्यायाधीश स्वर्णकान्त शर्माको एकल इजलासले कुनै किसिमको राहत दिन अस्वीकार गरेको हो।

उपनिर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू मंगलबार, चैत २७, २०८० आयोगमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिससमेतका आधारमा प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा आचारसंहिता लागू गराउन जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय पनि गरेको छ।

कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त मंगलबार, चैत २७, २०८० प्रदेश प्रमुख तिलक परियारले उनलाई मंगलबार बेलुका मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। कँडेलले गठबन्धनमा रहेका नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका थिए।

कर्णालीमा एमालेका कँडेललाई मुख्यमन्त्री बनाउन दाबी पेस मंगलबार, चैत २७, २०८० मुख्यमन्त्री राजकुमार शर्माले गत बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा चैत २७ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न मंगलबार साँझ ५:५० बजेभित्र समय दिएका थिए।

सशस्त्रको गोदाम आगलागी प्रकरणमा गृहले पनि बनायो छानबिन समिति मंगलबार, चैत २७, २०८० काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको गोदामघरमा सोमबार भएको आगलागी घटना छानबिन गर्न गृहमन्त्रालयले अर्को समिति बनाएको छ। यसअघि सशस्त्रले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशिराज दाहालको नेतृत्वमा नेतृत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरेको थियो।

कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ८ जनाविरुद्ध आरोपपत्र दायर मंगलबार, चैत २७, २०८० आरोप पत्र दायर गरिएकामा पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद कुस्मा, सवइन्जिनियर माधवकुमार भट्ट, वडा अध्यक्ष पटक बहादुर बम, वडा सचिव जानकी कुमारी शाही, उपभोक्ता समितिका अध्यक्ष मनराज शाही, सचिव लोकेन्द्र बम र कोशाध्यक्ष मोतिपुरा रोकाया छन्।

गण्डकीको मुख्यमन्त्री नियुक्ति बदर माग गर्दै कांग्रेस सर्वोच्चमा, बुधबार पेसी मंगलबार, चैत २७, २०८० गण्डकी प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नवनियुक्त मुख्यमन्त्रीको नियुक्त बदरको माग राख्दै मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।सर्वोच्चले सो रिटको बुधबारका लागि पेसी तोकको छ ।

विश्वप्रकाशको प्रधानमन्त्रीलाई अपिल- रास्वपाले मागे जस्तो २०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति छानबिन गरौँ मंगलबार, चैत २७, २०८० नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सार्वजनिक अपिल गर्दै रास्वपाको माग अनुसार २०४७ यता सार्वजनिक पद धारण गर्ने सबैको सम्पत्ति उपर छानबिन गर्न उच्चस्तरीय समिति बनाउन आग्रह गरेका छन्।









