जब चिहान खनेर मानव हड्डीबाट ड्रग्स बनाउन थालियो बुधबार, चैत २८, २०८०

शिक्षा मन्त्रालयले भन्यो – विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्नू बुधबार, चैत २८, २०८० मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सीएसईबी’ र सोसरहका कार्यक्रम सञ्चालन गर्न अनुमति लिएका ४९ संस्थाको सूची सार्वजनिक गर्दै ती बाहेकका संस्थामा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको हो।

काठमाडौंमा अझै केही दिन वायु प्रदूषण रहने बुधबार, चैत २८, २०८० काठमाडौं विश्वकै सबै भन्दा बढी वायु प्रदूषण भएको शहर बनेको छ। वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौं विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको शहर रहेको छ। अहिले काठमाडौंको एयर क्वालिटी इन्डेक्स २४५ रहेको छ।

सञ्जय दत्तलाई डाँकाले काखमा राखे जब अपहरण गर्ने धम्की दिए बुधबार, चैत २८, २०८० सञ्जयका अनुसार डाँकाले सुनीललाई धम्क्याएका पनि थिए। ‘उनीहरूले मलाई काखमा राखेर बुबालाई ‘यदि हामीले यो बच्चालाई अपहरण गर्यौँ भने तपाईं कति पैसा दिनुहुन्छ?’ भनी सोधेका थिए। यो कुरा सुन्नासाथ बुबा डराउनुभयो र तत्कालै सुटिङ रद्द गरेर आमा र मलाई मुम्बई पठाउनुभयो,’ सञ्जयले भनेका छन्।

हेपाटाइटिसको सङ्क्रमणबाट वर्षेनी १३ लाखको मृत्यु बुधबार, चैत २८, २०८० ‘डब्लुएचओ २०२४ ग्लोबल हेपाटाइटिस रिपोर्ट’ले १८७ देशको नयाँ तथ्याङ्कले भाइरल हेपाटाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या सन् २०१९ मा ११ लाख रहेकोमा २०२२ मा १३ लाख पुगेको जनाएको छ। जसमध्ये ८३ प्रतिशतको मृत्यु हेपाटाइटिस बी र १७ प्रतिशत हेपाटाइटिस सीका कारण भएको थियो। प्रतिवेदनमा हेपाटाइटिस ‘बी’ र ‘सी’ सङ्क्रमणका कारण विश्वभर...

मोबाइल हरायो!: नो टेन्सन, अब गुगलको ‘फाइन्ड माई डिभाइस नेटवर्क’ले भेटाइदिनेछ बुधबार, चैत २८, २०८० लामो प्रतिक्षापछि गुगलले अन्ततः ‘फाइन्ड माई डिभाइस नेटवर्क’ सुरु गरेको छ।गत वर्ष गुगलले ‘फाइन्ड माई डिभाइस नेटवर्क’ घोषणा गरेको थियो र त्यसबेलादेखि यसको निरन्तर परीक्षण गरिरहेको थियो। गत हप्ताको एक रिपोर्टमा फाइन्ड माई डिभाइस नेटवर्क चाँडै रिलिज हुने बताइएको थियो।

आज कुन तरकारी तथा फलफूलको मूल्य कति? बुधबार, चैत २८, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार हरियो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी १६०, कालो अंगुर २५०, केरा १३० रुपैयाँ दर्जन, अनार २५०, भारतीय सुन्तला १३०, नेपाली मेवा ८० चुकन्दर ६० र आभोकाडो ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

आईपीएलमा सनराइजर्स हैदरावादको रोमाञ्चक जित बुधबार, चैत २८, २०८० न्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले २ रनको रोमाञ्चक जित दर्ता गरेको छ। मुल्लानपुरको नयाँ क्रिकेट स्टेडियममा घरेलु टोली पञ्जाब (पञ्जाब किंग्स)का कप्तान शिखर धवनले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए।

बसको ठक्करबाट दाङमा मोटरसाइकल चालकको मृत्यु बुधबार, चैत २८, २०८० दाङमा नाइट बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।तुलसीपुरबाट–कठमाडौं आउँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्रि बसले लु ४१ प ८०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका– १७ का २३ वर्षीय सौगात वलीको मृत्यु भएको हो।

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, कांग्रेसको अडान कायमै बुधबार, चैत २८, २०८० प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। मंगलबार नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठन गर्न माग राख्दै गरेको अवरोधले प्रतिनिधि सभा आजका लागि सारिएको हो। बैठकमा कांग्रेसका सांसदहरूले गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठन गर्न माग राख्दै सदनमा उभिएर विरोध जनाएका जनाएका थिए।

उपनिर्वाचनका लागि आचारसंहिता बुधबारबाट, क-कसलाई लाग्छ आचारसंहिता? बुधबार, चैत २८, २०८० उपनिर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागू हुने भएको छ। इलाम–२ र बझाङ– १ (१) मा हुन गइरहेको निर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागू हुन लागेको हो।

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आज बुधबार, चैत २८, २०८० राष्ट्रिय सभाको उपाध्यक्ष पदका आज निर्वाचन हुँदै छ। उपाध्यक्षका लागि मंगलबार दुई जनाको उम्मेदवारी दर्ता भएको छ। नेकपा एमाले र नेपाली कांग्रेसका तर्फबाट छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएको हो । एमालेका तर्फबाट विमला घिमिरेले उम्मेदवारी दर्ता गराएकी थिइन्।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी पर्ने बुधबार, चैत २८, २०८० हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभर आंशिक बदली रहेको छ। दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ।









