News Griha :: न्यूजगृह
दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल : आर्मी र जावलाखेललाई उपाधि
दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल : आर्मी र जावलाखेललाई उपाधि दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब र महिलातर्फ जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्यूएससी)ले जितेका छन्।
गण्डकी सरकार गठनबारे पूर्ण सुनुवाइ वैशाख १० गते, दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश
गण्डकी सरकार गठनबारे पूर्ण सुनुवाइ वैशाख १० गते, दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश अधिकारी सोमबार मात्र मुख्यमन्त्री बनेका हुन। उनले मुख्यमन्त्री बन्नका लागि सभामुख सहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएको विषय विवादित बनेको छ। यसअघि कोशी प्रदेशमा सरकार गठनमा सभामुखको मत गणना गर्न नपाइने सर्वोच्चको नजिर विपरित गण्डकीमा सरकार गठन भएपछि कांग्रेस अदालत गएको हो।
कुन देशका नागरिक कतिबेर सुत्छन्?, अध्ययन भन्छ- सबैभन्दा लामो निन्द्रा चिनियाँको
कुन देशका नागरिक कतिबेर सुत्छन्?, अध्ययन भन्छ- सबैभन्दा लामो निन्द्रा चिनियाँको कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने किम एह–रा मस्त निदाउन महँगो रकम चुकाउँछिन्। सन् ३० को दशकमा राम्रो तलब सुविधा पाउने उनी राम्रोसँग निदाउन धेरै पैसा खर्च गर्दैछिन् । यसको एकमात्र कारण कामको धपेडीले उनी कहिल्यै मस्तसँग निदाउन सकिनन्।
सर्वोच्चको फैसला पुग्नुअघि नै संसद् बैठकमा सहभागिता र सेवा सुविधा माग्दै निलम्बित सांसद गुरुङको निवेदन
सर्वोच्चको फैसला पुग्नुअघि नै संसद् बैठकमा सहभागिता र सेवा सुविधा माग्दै निलम्बित सांसद गुरुङको निवेदन मनाङबाट निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले रोकिएको सेवा सुविधा र प्रतिनिधि सभा बैठकमा सहभागी गराउन माग गर्दै संघीय संसद् सचिवालयमा निवेदन दर्ता गराएका छन्। संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले गुरुङको तर्फबाट सचिवालयमा पत्र प्राप्त भएको बताए।'गुरुङको तर्फबाट निवेदन आएको छ,' महासचिव पाण्डेयले भने, 'सर्वोच्चको फैसला प्राप्त भएको छैन। अब...
कोशीमा प्रदेश सभा विशेष अधिवेशन आह्वान
कोशीमा प्रदेश सभा विशेष अधिवेशन आह्वान कोशी प्रदेशमा प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको छ।प्रदेश प्रमुख परशुराम खापुङले बुधबार वैशाख ६ गतेका लागि प्रदेश सभा विशेष अधिवेशन आह्वान गरेका हुन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरूले विशेष अधिवेशन आह्वान माग गर्दै गत सोमबार समावेदन गरेका थिए।
भारत बेतालघाट दुर्घटनाः मृतक सातै जनाको शव नेपाल ल्याइँदै 
भारत बेतालघाट दुर्घटनाः मृतक सातै जनाको शव नेपाल ल्याइँदै  सोमबार राति भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाटमा सडक दुर्घटनामा परी मृत्यु भएका सात जना नेपालीको शव आज नेपाल ल्याइँदै छ। दुर्घटनाको खबरपछि बुबाको शव बुझ्न नैनीताल पुगेका बाँकेको बैजनाथ गाउँपालिका–८ का प्रमोद थारुले मृतक सबैको शव परीक्षण अस्पतालले गरिसकेको जानकारी दिए। दुर्घटनामा मृत्यु भएका विश्राम थारूका छोरा प्रमोदले मृतकका केही...
कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ
कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले शपथ लिएका छन्। उनले मंगलबार नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका २३ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियार समक्ष दाबी पेस गरेका थिए। लगतै परियारले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। 
शेयर बजारमा दोहोरो अंकको गिरावट, घट्यो कारोबार
शेयर बजारमा दोहोरो अंकको गिरावट, घट्यो कारोबार  शेयर बजार परिसूचकमा बुधबार दोहोरो अंकको गिरावट आएको छ। १०.७१ अंकले घटेको परिसूचक २०२५.३० विन्दुमा रह्यो। उत्पादन तथा प्रशोधनबाहेक ११ उपसूचकमा आएको गिरावटले परिसूचक घटेको हो। कारोबार रकम पनि अघिल्लो दिनका तुलनामा ६६ करोडले घटेको छ । आज ८६ लाख ९६ हजार ९१८ कित्ता शेयर किनबेच हुँदा रकम ३ अर्ब...
 ईपीएस भाषा परीक्षाको नतिजा प्रकाशित, ६ हजार ३१२ जना पास
 ईपीएस भाषा परीक्षाको नतिजा प्रकाशित, ६ हजार ३१२ जना पास ईपीएस कोरियन भाषा अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरिएको छ। ईपीएस कोरिया शाखाले एचआरडी कोरिया शाखाले २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।उत्पादनमूलक क्षेत्रका लागि पहिलो चरणमा ४० हजार ५८० जनाले परीक्षा दिएकोमा ६ हजार ३१२ जना पास भएका छन्।...
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी घिमिरे निर्वाचित    
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी घिमिरे निर्वाचित     राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनीलाई हराउँदै उनी राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी हुन्।बैठकमा उपस्थित ५५ जना सदस्यमध्ये घिमिरेको पक्षमा ३९ र विपक्षमा १६ मत परेको थियो। पुडासैनीको पक्षमा १६ र विपक्षमा ३९ मत परेको थियो।
राष्ट्रिय सभाको उपाध्यक्षमा कांग्रेसका उम्मेदवार पुडासैनी पराजित
राष्ट्रिय सभाको उपाध्यक्षमा कांग्रेसका उम्मेदवार पुडासैनी पराजित राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवार बनेकी कांग्रेसका विष्णुदेवी पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ।बुधबार राष्ट्रिय सभामा भएको मतदानमा पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्तावको पक्षमा १६ मत परेको थियो भने विपक्षमा ३९ मत परेको थियो। यस प्रस्तावको मतदान प्रक्रियामा ५५ सांसदले भाग लिएका थिए। 
प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको प्रश्न– ‘हाम्रो पीडा कान खोलेर सुन्ने कि नसुन्ने?’  
प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको प्रश्न– ‘हाम्रो पीडा कान खोलेर सुन्ने कि नसुन्ने?’   ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’, (टीआरसी विधेयक) माथि संसदीय समितिमा छलफल चलिरहेकै अवस्थामा आम द्वन्द्वपीडित समुदायले सरकारलाई चाँडो कानुन निर्माणका लागि दबाब दिएका हुन्। आम द्वन्द्वपीडित समुदायकी उपाध्यक्ष रिता कार्कीले प्रधानमन्त्रीकै कारण कानुन नबनेको भन्दै आक्रोश पोख्दै भनिन्, ‘सर्वोच्च अदालतको आदेशलाई समेत...
Weather Update