पोखरा महानगरका सबइन्जिनियरसहित दुई जना डेढ लाख घुससहित पक्राउ बिहीबार, चैत २९, २०८०

दूधकोसीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु बिहीबार, चैत २९, २०८० बुधबार दिउँसो १ बजे आमचोक—६ देवानटारका २० वर्षीय सुदीप दर्जी र १८ वर्षीय अजय राई दूधकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए।

नयाँ वर्षदेखि ठमेल २४ सै घण्टा खुल्ने बिहीबार, चैत २९, २०८० नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा २४ सै घण्टा व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको छ। गृहमन्त्री रवि लामिछानेले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बित्तिकै शहरको प्रमुख पर्यटकीय गन्तव्य क्षेत्रमा २४ सै घण्टा व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए।

मानव बेचबिखनको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ बिहीबार, चैत २९, २०८० उनलाई मानव बेचविखन ब्युरोको टोलीले बुधबार बबरमहलबाट पक्राउ गरेको हो। पक्राउ परेका उनीमाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता एसपी ज्ञानेन्द्र प्रसाद फुयालले बताए।
![डलरको भाउ स्थिर, युरो र पाउण्डको बढ्यो [सूचीसहित]](https://newsgriha.com/uploads/posts/dollerandeuro1687399704.jpg)
डलरको भाउ स्थिर, युरो र पाउण्डको बढ्यो [सूचीसहित] बिहीबार, चैत २९, २०८० नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा रहेको छ। बुधबार डलरको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसाले कारोबार भएको थियो।

रुकुम पूर्वमा गोरेटो खन्न गएका ६ जना आगलागीमा परे बिहीबार, चैत २९, २०८० रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा आगलागीमा परी ६ जना घाइते भएका छन्। रन्मा गाउँदेखि पारीको चत्रा भीरमा गोरेटो बाटो खन्ने क्रममा भीरबाट खसेका ढुङ्गा एकापसमा ठोक्किँदा आगलागी भएको हो।

आईपीएल क्रिकेटमा राजस्थानको पहिलो हार बिहीबार, चैत २९, २०८० आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले पहिलो हार ब्यहोरेको छ। गएराति भएको खेलमा गुजरात टाईटन्सले राजस्थानलाई ३ विकेटले हरायो।राजस्थानले दिएको १ सय ९७ रनको विशाल लक्ष्य गुजरातले अन्तिम बलमा ७ विकेट गुमाएर भेट्टायो। अन्तिम ओभरमा १५ रन चाहिएकोमा रसिद खानले आवेश खानको पहिलो तीन बलमा ४, २ र ४ रन प्रहार...

आजको मौसमः यी चार प्रदेशमा बदली रहने बिहीबार, चैत २९, २०८० दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थानहरू साथै बाँकी पहाडी भूभागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै...

बिस्का: जात्रामा भैरवनाथको रथ भाँचियो बिहीबार, चैत २९, २०८० भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्का: जात्राको पहिलो दिन पाँचतले मन्दिरस्थित टौमढीबाट तान्न सुरु गरेको प्यागोडा शैलीको भैरवनाथको रथ भाँचिएको छ। रथ तान्ने क्रममा मुख्य तीन खामा भाँचिएका गुठी कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिइन्। रथमा धेरै क्षति पुगेकाले मर्मत गर्ने कार्य जारी रहेको बताइन्।

इस्लाम धर्मावलम्बीले आज ईद उल फित्र मनाउँदै, सार्वजनिक बिदा बिहीबार, चैत २९, २०८० ईद उल फित्रका अवसरमा एक आपसमा खुशियाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ। यो दिनमा मुस्लिम धर्मावलम्बी पवित्र भई सफा पवित्र लुगा लगाई मस्जिदमा गएर नमाज पढ्ने परम्परा छ।

हेर्नुहोस् तपाईँको आजको राशिफल बिहीबार, चैत २९, २०८० राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अवस्थालाई हेरेर तयार गरिएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको...

उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान बुधबार, चैत २८, २०८० इलाममा १२ राजनीतिक दलका १२ जना र आठ स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएकामा स्वतन्त्र उम्मेदवार केशवकुमार चापागाईंले उम्मेदवारी फिर्ता लिएका छन्।

दबाब र प्रभावमा नपरी प्रभावकारी काम गर्नुस् : गृहमन्त्री बुधबार, चैत २८, २०८० उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले स्थानीय प्रशासनले दबाब तथा प्रभावमा नपरी कानुन कार्यान्वयनमा दक्षतापूर्ण र प्रभावकारीरूपमा काम गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका छन्।जनकपुरधाममा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीपछि सञ्चारकर्मीसँग गृहमन्त्री लामिछानेले वर्तमान सरकारले राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्ने उल्लेख गर्दै सोहीअनुसार जनहितमा काम गर्न निर्देशन...









