News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

रुकुम पूर्व—  रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा आगलागीमा परी ६ जना घाइते भएका छन्। रन्मा गाउँदेखि पारीको चत्रा भीरमा गोरेटो बाटो खन्ने क्रममा भीरबाट खसेका ढुङ्गा एकापसमा ठोक्किँदा आगलागी भएको हो। 

आगलागीमा परेर गोरेटो बाटो खनिरहेका ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए। घाइते हुनेहरूमा दाँत बुढामगर, उज्ज्वल बुढामगर, थपनबहादुर बुढामगर, सम्झी बुढामगर, गोरा बुढामगर र पुत्र बुढामगर रहेका छन्। 

Prabhu Bank

घाइते सबै जनालाई उद्धार गरी बुधबार रन्मा गाउँमा ल्याइपुर्‍याइएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए। उनीहरूलाई बिहीबार हेलिकप्टरमार्फत उपचारका लागि अन्यत्र लगिने उनले बताए।

'हेलिकप्टर ल्याउन सबै प्रक्रिया पूरा भइसकेको छ।अहिले घाइतेको उपचार गर्न पुथा उत्तरगङ्गा गाउँपालिकाको स्वास्थ्यकर्मीको टोली रन्मागाउँ पुगिसकेको छु,'  उनले भने। 

अहिले जङ्गलमा आगो फैलिरहेको स्थानीयले बताएका छन्। आगो निभाउन सुरक्षाकर्मीको टोली आगलागी भएको ठाउँमा गएको छ। रन्मा पुग्न  सदरमुकाम रुकुमकोटबाट पाँच घण्टा गाडीमा तथा चार घन्टा पैदल यात्रा गर्नुपर्दछ। रासस  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ०७:१३
Weather Update