सर्लाहीमा कवाडी गोदामबाट ५३ राउन्ड गोली बरामद बिहीबार, चैत २९, २०८०

दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी बिहीबार, चैत २९, २०८० गत फागुनमा केन्द्रीय दुग्ध सहकारी सङ्घ र नेपाल सरकार कृषि मन्त्रालयअन्तर्गत दुग्ध विकास संस्थान तथा निजी डेरीबीच भएको सम्झौताअनुसार चैत २१ गतेसम्म पुस मसान्तसम्मको दूधको भुक्तानी गर्ने सहमति भएको थियो। तर सो समयमा सम्झौताअनुसार भुक्तानी नभएको भन्दै सङ्घले आन्दोलन गर्ने चेतावनी दिएको हो।

हुरीले हवाई उडान प्रभावित बिहीबार, चैत २९, २०८० अपराह्न एक्कासि आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र दुवै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।

कस्तो होला नयाँ वर्षको पहिलो दिनको मौसम? बिहीबार, चैत २९, २०८० महाशाखाले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थान साथै बाँकी पहाडी भूभागको एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। यो समय प्रिमनसुनको समय रहेकाले लामो समयसम्म वर्षा रहिरहन्छ भन्ने नहुने र ठूलो वर्षाको सम्भावना नभएकाले हाल देखिएको वायु प्रदूषण...

भियतनाममा सबैभन्दा ठूलो बैंक ठगी प्रकरणमा अर्बपतिलाई मृत्युदण्ड बिहीबार, चैत २९, २०८० उनले त्यही शक्तिको प्रयोग गरी आफ्नै मान्छेलाई व्यवस्थापक बनाएको र उनकै आदेशमा आफ्ना कम्पनीहरूका नाममा ऋण प्रवाह गरेको पाइएको हो। सन् २०१९ फेब्रुअरीदेखि आफ्ना सवारी चालकलाई १०८ ट्रिलियन भियतनामी डोङ (४ अर्ब अमेरिकी डलर) नगद निकाल्न लगाएको र आफ्नो बेसमेन्टमा लुकाएको अभियोजनकर्ताले आरोप लगाएका छन्।

उपत्यकामा हावाहुरी र चट्याङसहितको वर्षा बिहीबार, चैत २९, २०८० विपत व्यवस्थापनविज्ञ डा धर्मराज उप्रेतीले आज दिउँसोबाट उपत्यकामा पानी पर्न सुरु भएसँगै केही दिनयता बढिरहेको प्रदुषण न्यूनीकरणमा सहयोग पुग्ने बताए। 'यतिबेला हावाहुरी, चट्याङसहितको वर्षा भइरहेकाले सतर्कता अपनाउन जरुरी छ,' उनले भने, 'देशका अधिकांश जिल्लामा लागिरहेको वन डढेलोका कारण वायु प्रदुषण बढेको थियो । वर्षाका कारण वायु प्रदुषण न्यूनीकरण हुनेछ।'

परराष्ट्र मामिला ‘थिंक ट्यांक’को कार्यकारी निर्देशकमा प्रकाशकुमार सुवेदी सिफारिस बिहीबार, चैत २९, २०८० प्रतिष्ठानको कार्यकारी निर्देशकको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले पदपूर्तिका लागि पहिलो पटक पुस १७ र दोस्रो पटक माघ २१ मा गरी दुई पटक आवेदन खुला गरेको थियो।

इलाम २ का मतदाताको घरदैलोमा गगन, भने- पहिचानको मुद्दालाई सम्हालेर लैजान सक्नुपर्छ बिहीबार, चैत २९, २०८० नेपाली कांग्रेसका महामन्त्री गगन थापा इलाम २ का गाउँ घुम्दैछन्। महामन्त्री थापा झापा हुँदै चुनावी अभियानको माहोल बनाउन इलाम पुगेका हुन्। आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनमा कांग्रेसका तर्फबाट चुनावी मैदानमा रहेका डम्बर खड्कालाई भोट माग्न थापा इलाम घुमिरहेका छन्। गगनले बिहीबार इलाम क्षेत्र नम्बर २ अन्तर्गत सिकारी भञ्ज्याङमा आयोजित...

पर्यटन राजधानी पोखराः जाग्दै आशा, बढ्दै लगानी बिहीबार, चैत २९, २०८० अङ्ग्रेजी नयाँ वर्षमा भएको पर्यटकको उल्लेख्य उपस्थितिले उत्साहित भएका राजधानी पोखराका पर्यटन व्यवसायी नेपाली नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा देखिन थालेको चहलपहलबाट निकै खुसी छन्। २०७२ सालको भूकम्पपछिका विभिन्न आरोहअवरोह भोग्दै कोरोना कहरसम्मले तहसनहस बनाएको यहाँको पर्यटनमा आगामी दिनका लागि आशाका किरण चम्किलो बन्दै गएको देखिन्छ। पोखरामा पर्यटन लक्षित पूर्वाधार विकासकै...

नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले वृद्धि हुने एडीबीको प्रक्षेपण बिहीबार, चैत २९, २०८० एसियाली विकास बैंक (एडीबी)ले आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ। यसअघि विश्व बैंकले चालु आर्थिक वर्षमा ३ दशमलव ३ प्रतिशतले नेपालको अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण गरेको थियो।बैंकले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो प्रकाशन ‘एसियन डेभलपमेन्ट आउटलुक’ एसियाली विकास परिदृष्य–...

रिहा भए नेशनल मेडिकल कलेजका एमडी र ल्याब प्रमुख बिहीबार, चैत २९, २०८०

पूर्वमन्त्री दीपक बाँस्कोटा किन हराए सक्रिय राजनीतिबाट? बिहीबार, चैत २९, २०८० विगत केही वर्ष यता बाँस्कोटा सक्रिय राजनीतिमा छैनन्। उनलाई केही दिनअघि हामीले राजनीति विश्राम लिनुको कारण सोध्दा, ‘मैँले राजनीतिबाट सन्यास लिएको होइन, विश्राम लिएको हुँ’ भन्ने जवाफ फर्काए। ‘मैँले करिब ५२ वर्षअघि बीपी कोइरालालाई भेटेर राजनीतिमा आएको हुँ। सुरुमा कांग्रेसको सदस्यता लिएर राजनीतिमा सक्रिय हुँदा मेरो दाजुले पाँच दिन खाना...

नेपाली सेनाको प्रवक्तामा सहायकरथी केसी बिहीबार, चैत २९, २०८० नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीले पाएका छन्।पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख केसीलाई सैनिक मुख्यालयले सैनिक जनसम्पर्क तथा सूचना निर्देशक तथा सङ्गठनको प्रवक्ताको जिम्मेवारीमा ल्याएको हो। हालका प्रवक्ता कृष्णप्रसाद भण्डारीको जङ्गीअड्डास्थित सैनिक अभिलेखालयमा सरुवा भएको छ।









