News Griha :: न्यूजगृह
रिहा भए नेशनल मेडिकल कलेजका एमडी र ल्याब प्रमुख

काठमाडौं— वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेर पक्राउ गरेका म्यानेजिङ डाइरेक्टर (एमडी) र ल्याब प्रमुख रिहा भएका छन्। 

मेडिकल कलेजका एमडी सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह बुधबार हाजिरी जमानीमा रिहा भएका हुन्। चैत २६ मा छापा मारेर जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरूलाई पक्राउ गरेको थियो । 

मेडिकल कलेजले म्याद गुज्रिएका सामाग्री प्रयोग गर्ने गरेको गुनासो आएपछि प्रहरीले अनुसन्धान गरेको थियो। 

सो क्रममा म्याद गुज्रिएका सामाग्री समेत बरामद गर्नुका साथै उनीहरूलाई पक्राउ गरिएको थियो।

यो पनि पढ्नुहोस: वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा प्रहरीको छापा, सञ्चालक पक्राउ

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १४:४६
Weather Update