चैतेदसैँमा कालिका मन्दिरमा धार्मिक पर्यटकको घुइँचो बिहीबार, चैत २९, २०८०

भागबन्डा मिलाउन गण्डकीमा मन्त्रालय फुटाइयो, सातबाट ९ बनाइयो बिहीबार, चैत २९, २०८० गण्डकीमा मुख्यमन्त्रीले ७ बाट बढाएर ९ मन्त्रालय बनाउने निर्णय गरेका छन्। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य र आन्तरिक मन्त्रालय छुट्टै बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा विना विभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए। यसअघि २०७९ पुस २५ गते मुख्यमन्त्री हुँदा खगराजले नै १२ बाट ७ मन्त्रालय बनाउने निर्णय गरेका थिए।...

विशाल भण्डारी भन्छन्- म र टिमको गल्तिले दुर्घटनामा पर्यौँ बिहीबार, चैत २९, २०८० कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले आफू र आफ्नो टिमको गल्तिले दुर्घटनामा परेको स्वीकार गरेका छन्।सामाजिक सञ्जालमार्फत भण्डारीले दुई साता अघि आफू र आफ्नो टिमले गल्ति गरेका कारण दुर्घटनामा परेको स्वीकार गर्दै अहिले सुशान्त बस्याल बाहेक सबै डिस्चार्ज भएको र उनको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका हुन्। साथै उनले ड्रिंक...

ठमेल र दरबारमार्गलाई चौबीसै घण्टा खुला गर्न विशेष सुरक्षा योजना तयार बिहीबार, चैत २९, २०८० जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबीसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको बताएका छन्।सामुदायिक सेवा केन्द्र टुँडालदेवी, प्रहरी वृत्त महाराजगञ्ज तथा मालिगाउँले आज काठमाडौंमा आयोजना गरेको ‘लागूऔषध दुर्व्यसनी तथा साइबर अपराध न्यूनीकरणसम्बन्धी अन्तरक्रिया’मा उनले ठमेल...

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार? बिहीबार, चैत २९, २०८० स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ३६ हजार ८ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।यस आधारमा छापावाला सुन तोलामा दुई सय रुपैयाँले घटेको छ।

नेपालमा कति छन् हेलिकप्टर? बिहीबार, चैत २९, २०८० नेपालमा अहिले श्री एअरलाइन्स, सिम्रिक एअर, फिस्टेल एयर, अल्टिच्युड एअर, मनाङ एअर, मुस्ताङ हेलिकप्टर, एअर डाइनेस्टी, माउन्टेन हेलिकप्टर, प्रभु हेलिकप्टर, अन्नपूर्ण हेलिकप्टर, एली एभरेष्ट र कैलाश हेलिकप्टरले सेवा दिइरहेका छन्। वसन्त ऋतु हेलिकप्टरको मुख्य सिजन पनि हो। वसन्त ऋतुको यो याममा पर्वतारोहण र पदयात्राका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आँउछन्। उनीहरु...

मकवानपुरमा धुलो दूधको परीक्षण उत्पादन सुरु, ६० जनालाई प्रत्यक्ष रोजगारीको अवसर बिहीबार, चैत २९, २०८० बागमती प्रदेश दुग्ध विकास बोर्ड हेटौँडाले केही दिनअघिदेखि धुलो दूधको परीक्षण उत्पादन सुरु गरेको छ।बागमती प्रदेश सरकारको ५० करोड ५८ लाख रुपैयाँको लागतमा हेटौँडा उपमहानगरपालिका–१० सिसौघारीस्थित दूधको प्लान्ट र भवनको हालै निर्माण सम्पन्न गरिएको बागमती प्रदेश कृषि विकास तथा पशुपक्षी मन्त्रालय हेटौँडाले जनाएको छ।प्रदेश दूध विकास बोर्डले नियमित...

गुटबन्दी मौलाएको भन्दै ओखलढुङ्गा पूर्वअध्यक्षले गरे एमाले परित्याग बिहीबार, चैत २९, २०८० नेकपा एमाले ओखलढुङ्गाका पूर्व जिल्ला अध्यक्ष शंकर कटवालले पार्टी छोडेका छन्। जिल्ला अधिवेशनको क्रममा नेतृत्वको पक्षधरता र गुटबन्दी देखिएको भन्दै उनले एमाले छोडेको घोषणा गरेका हुन्। ‘दसौँ जिल्ला अधिवेशनमा जे जस्ता रवैया र गतिविधिहरू देखिए, जुन खालका आरोप–प्रत्यारोपको होडबाजी चल्यो। नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो। मैले मेरो ३४...

सुदूरपश्चिम सरकार गठन अन्योलमा बिहीबार, चैत २९, २०८० सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गर्नुभएको पाँच दिन बित्दासमेत प्रदेश सभामा रहेका कुनै पार्टीले दाबी पेस गर्न सकेका छैनन्। सरकार गठनमा निर्णायक देखिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको आन्तरिक किचलोले नयाँ सरकार गठन अन्योलग्रस्त बनेको हो। गठबन्धन दलहरूलाई नागरिक उन्मुक्ति पार्टीले एकजुट भइ सहयोग गरेमा मात्र...

प्रतिनिधि सभाको अवरोध छिटै अन्त्य हुन्छ: प्रधानमन्त्री बिहीबार, चैत २९, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा देखिएको गतिरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएको र चाँडै समाधान हुने बताएका छन्।विराटनगरमा बिहीबार पत्रकारसँग संक्षिप्त कुरागर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो गतिरोधको समाधान राजनीतिक संवादबाटै समाधान हुने र त्यसका लागि राजनीतिक तहमा संवाद थालिएको बताए। प्रधानमन्त्री प्रचण्डले सहकारीसँग सम्बन्धित समग्र विषयको...
![ईद मुवारक [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/eid_2080_cover-1712810000.jpg)
ईद मुवारक [तस्बिरहरू] बिहीबार, चैत २९, २०८० देशभरका इस्लाम धर्मावलम्बीले आज ईद–उल फित्र (ईद) मनाउँदै छन्। तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो। बुधबार चन्द्रमा नदेखिएकाले बिहीबार ईद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए।

मुसलमान बहुल स्थानमा ‘कल्चर सेन्टर’ स्थापनाको माग बिहीबार, चैत २९, २०८० देशभरका इस्लाम धर्मावलम्बीले आज ईद–उल फित्र (ईद) मनाउँदै छन्। तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो।बुधबार चन्द्रमा नदेखिएकाले बिहीबार ईद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए। मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना...

‘बडे मियाँ छोटे मियाँ’मा सक्कली हतियार प्रयोग बिहीबार, चैत २९, २०८० अक्षय कुमार र टाइगर श्राफ स्टारर फिल्म ‘बडे मियाँ छोटे मियाँ’ अप्रिल १० बाट विश्वभर रिलिज भएको छ। एक्सन इन्टरटेनर यो फिल्ममा अधिक एक्सन दृश्य छन्। फिल्म निर्माताले ती दृश्यलाई वास्तविक झैँ देखाउनका लागि एक्सन दृश्यमा सक्कली हतियारको प्रयोग गरेका छन्।









