ईद मुवारक [तस्बिरहरू]
देशभरका इस्लाम धर्मावलम्बीले आज ईद–उल फित्र (ईद) मनाउँदै छन्। तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो। बुधबार चन्द्रमा नदेखिएकाले बिहीबार ईद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए। मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन्। रमजानलाई पवित्र महिना मानिन्छ। सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। आजको दिन मुस्लिम धर्मावलम्बी आफू पवित्र भई सफा मस्जिद (इदगाह)मा गएर नमाज पढ्ने, एक आपसमा खुशियाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ। काठमाडौंको घण्टाघरस्थित जामे मस्जिदमा पनि बिहानैदेखि भीड लागेको छ। बिहानैदेखि जम्मा भएका मुस्लिम समुदायका केटाकेटीदेखि बुढाबुढीले मस्जिदमा नमाज पढ्ने र एकआपसमा शुभकामना आदानप्रदान गरिरहेका छन्। तस्बिर: बिजेन अमात्य









-1712809989.jpg)





प्रकाशित मिति: बिहीबार, चैत २९, २०८० १०:२२



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






