राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुँदै [LIVE] बुधबार, चैत २८, २०८०

सिनामंगलस्थित सुकुम्बासी टोलबाट लागूऔषधसहित चार जना पक्राउ बुधबार, चैत २८, २०८० पक्राउ पर्नेमा चितवनका ५१ वर्षीया लक्ष्मी परियार, कैलालीका ३५ वर्षीय इन्द्रबहादुर साउद, दोलखाका ३४ वर्षीया सृजना बिक र ५१ वर्षीया मिना बस्नेत छन्। प्रहरीका अनुसार उनीहरु सिनामंगल स्थित सुकुम्बासी टोलबाट पक्राउ परेका हुन्।

बाइडेनले भने— नेतान्याहुले गल्ती गर्दैछन् बुधबार, चैत २८, २०८० अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा मुद्दामा ‘गल्ती’ गरिरहेको टिप्पणी गरेका छन्। एक अन्तर्वार्तामा उनले भने, ‘मलाई लाग्छ कि उसले गल्ती गरिरहेको छ। म उनको मनोवृत्तिसँग सहमत छैन।’

भोलि इदउल फित्र, सरकारले दियो सार्वजनिक बिदा बुधबार, चैत २८, २०८० सरकारले भोलि सार्वजनिक बिदा दिएको छ। इस्लाम धर्मावलम्बीहरुको पर्व ‘इदउल फित्र’ (ईद)को अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।इस्लाम धर्मावलम्बीहरूले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै भोलि ईद मनाउने भएका हुन्। केही मुस्लिमले ईदको नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात...
-1696254918.jpg)
बागमती नगरपालिकाका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर बुधबार, चैत २८, २०८० मेयर थापाले स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेको थियो। सोही निवेदन सम्बन्धमा अनुसन्धान हुँदा थापाले सार्वजनिक पदको दुरुपयोग गरी पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको पुष्टि भएको आयोगले जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध बुधबार, चैत २८, २०८० प्रमुख प्रतिपक्षी दलहरूले प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध पारेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा र लोसपाले बैठक अवरुद्ध गरेका हुन्। अर्को बैठक आगामी वैशाख २ गते आइतबार बिहान ११ बजे लागिका तय भएको छ।

प्रतिपक्षले संसद्मा उठाएको माग सरकारले सम्बोधन गर्नुपर्छः राजेन्द्र पाण्डे बुधबार, चैत २८, २०८० प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पाण्डेले प्रमुख प्रतिपक्षी दलले उठाएको मागलाई सरकारले सम्बोधन गर्नुपर्ने माग गर्दै सहकारी पीडितलाई न्याय दिनुपर्ने बताए। उनले २०४७ सालदेखि सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने विषय अहिले उठिरहेको उल्लेख गर्दै एकीकृत समाजवादी यो प्रस्तावको समर्थन गर्ने र यसलाई अगाडि बढाउनुपर्ने बताए।

गृहमन्त्रीले राप्रपाको आन्दोलनमा दमन गरे: ज्ञानेन्द्र शाही बुधबार, चैत २८, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले राप्रपाको आन्दोलनमाथि दमन गरेको आरोप लगाएका छन्।प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले मङ्गलबार राप्रपाको आन्दोलनमा गृह मन्त्रालयको आदेशमा आफूमाथि पनि कुटपिट र कपडा च्यातिदिएको भन्दै १८ जना कार्यकर्ता घाइते बनाएको बताए।

गृहमन्त्रीलाई कांग्रेसको प्रश्न— गल्ति छैन भने छानबिनको लागि किन तयार नभएको? बुधबार, चैत २८, २०८० प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ। प्रतिनिधि सभाको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले उठेर संसद्मा अवरोध गरेका थिए। सभामुखको अनुमतिले कांग्रेसका सांसद रामहरि खतिवडाले रवि लामिछाने गृहमन्त्री बनेदेखि सहकारी ठगिको छानबिन अवरुद्ध भएको दाबी गरेका थिए। सांसद खतिवडाले प्रधानमन्त्रीले पनि सहकारी ठगको बचाउ गरेको आरोप...

अर्घाखाँचीमा कार दुर्घटना, एक जनाको मृत्यु, ७ जना घाइते बुधबार, चैत २८, २०८० घाइते हुनेमा भूमिकास्थान- ८ का चालक ३४ वर्षीय ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षीया सम्झना, उनकी छोरी इभान्सी, पोखरा- १२ की ३० वर्षीया सविता अधिकारी, १५ वर्षीय प्रजोल कँडेल, ४२ वर्षीया गीता कँडेल र १० वर्षीय जेसन बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
![प्रतिनिधि सभाको बैठक [LIVE]](https://newsgriha.com/uploads/posts/parliament_pratinidisava_baithak-1712651761.jpg)
प्रतिनिधि सभाको बैठक [LIVE] बुधबार, चैत २८, २०८०

सुनचाँदीको मूल्य बढ्नेक्रम जारी, कतिमा भइरहेको छ किनबेच? बुधबार, चैत २८, २०८० नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्नेक्रम रोकिएको छैन।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलामा ५०० ले बढेर १ लाख ३६ हजार ८०० कायम भएको छ। यो नेपाली बजारमा अहिलेसम्मको सुनको उच्च मूल्य हो। यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ३६ हजार १५० रुपैयाँ निर्धारण भएको छ।

दुर्घटनामा एकै वडाका ६ जनाको मृत्युले बाँकेको टिटिहिरिया गाउँ नै शोकमा बुधबार, चैत २८, २०८० भारतको बेतालघाट नजिक भएको सडक दुर्घटनामा एकै वडाका ६ जनाको मृत्यु भएपछि बाँकेको टिटिहिरिया गाउँ शोकाकुल बनेको छ। भारतको पर्यटकीय क्षेत्र नैनीतालमा मजदुरी गरी नयाँ वर्ष मनाउन घर फर्कने क्रममा भारतको बेतालघाट नजिकै सोमबार राति भएको सडक दुर्घटनामा परेर बैजनाथ गाउँपालिका–८ टिटिहिरियाको थपुवा र फत्तेपुर गाउँका ६ जनाको मृत्यु भएको...


![राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुँदै [LIVE]](https://newsgriha.com/uploads/posts/rastriya_sava_vice_chair-1712711381.jpg)






