News Griha :: न्यूजगृह
गृहमन्त्रीले राप्रपाको आन्दोलनमा दमन गरे: ज्ञानेन्द्र शाही
फाइल तस्बिर।

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले राप्रपाको आन्दोलनमाथि दमन गरेको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले मङ्गलबार राप्रपाको आन्दोलनमा गृह मन्त्रालयको आदेशमा आफूमाथि पनि कुटपिट र कपडा च्यातिदिएको भन्दै १८ जना कार्यकर्ता घाइते बनाएको बताए।

उनले आफ्नो पार्टीका नेता बुद्धिमान तामाङसमेत अहिले घाइते अवस्थामा नै संसद्मा आएको बताए।

उनले सरकारले दमन गरेपनि आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने समेत जानकारी दिए। 

उनले सहकारीमा लाखौ पीडित भएको भन्दै छानबिन समिति बनाउनुपर्ने माग गरेका छन्। 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १२:५१
Weather Update