News Griha :: न्यूजगृह
भोलि इदउल फित्र, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं — सरकारले भोलि सार्वजनिक बिदा दिएको छ। इस्लाम धर्मावलम्बीहरुको पर्व ‘इदउल फित्र’ (ईद)को अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।

इस्लाम धर्मावलम्बीहरूले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै भोलि ईद मनाउने भएका हुन्।  केही मुस्लिमले ईदको नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पत्र गर्छन।

नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन्। रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो। 

यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात ईद पर्व मनाउने गर्दछन्। यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन्।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १३:३२
Weather Update