News Griha :: न्यूजगृह
गृहमन्त्रीलाई कांग्रेसको प्रश्न— गल्ति छैन भने छानबिनको लागि किन तयार नभएको?
रामहरि खतिवडा। फाइल तस्बिर।

काठमाडौं—  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ। प्रतिनिधि सभाको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले उठेर संसद्मा अवरोध गरेका थिए। 

सभामुखको अनुमतिले कांग्रेसका सांसद रामहरि खतिवडाले रवि लामिछाने गृहमन्त्री बनेदेखि सहकारी ठगीको छानबिन अवरुद्ध भएको दाबी गरेका थिए। सांसद खतिवडाले प्रधानमन्त्रीले पनि सहकारी ठगको बचाउ गरेको आरोप लगाउदै संसदीय छानबिन आवश्यक रहेको बताए।

सांसद खतिवडाले आफूहरूका माग सरकारले नसुनेको बताउँदै सहकारीको एक अर्ब भन्दा बढी गोर्खा मिडियामा लगानी भएको र सो मिडियाको प्रबन्ध निर्देशक रवि लामिछाने रहेकोले छानबिनको माग आफूहरूले गरेको बताए।

उनले आफूहरूले कसैप्रति पूर्वाग्रह नराखेको बताउँदै गल्ति छैन भने भने छानबिनको लागि किन तयार नभएको भन्दै प्रश्न गरेका थिए। 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १२:४१
Weather Update