News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बाइडेनले भने— नेतान्याहुले गल्ती गर्दैछन् 

काठमाडौं— अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा मुद्दामा ‘गल्ती’ गरिरहेको टिप्पणी गरेका छन्। एक अन्तर्वार्तामा उनले भने, ‘मलाई लाग्छ कि उसले गल्ती गरिरहेको छ। म उनको मनोवृत्तिसँग सहमत छैन।’ 

उनले आगामी ६ देखि ७ हप्तासम्म गाजामा खाद्यान्न र औषधिको पूर्ण आपूर्ति हुनुपर्ने बताए। गत हप्ता बाइडेनले युद्धमा इजरायलको लागि हालको अमेरिकी समर्थन गाजामा कति खाद्यान्न र औषधि अनुमति दिन्छ भन्नेमा निर्भर गर्ने बताएका थिए।

Prabhu Bank

इजरायलले गाजामा सहायता रोकेको थियो। केही सातादेखि त्यहाँ युद्धविराम भए वार्ता हुँदै आएको थियो। तर वार्ता सफल हुन भने सकेन। जो बाइडेनको यो अन्तर्वार्ता गत हप्ता रेकर्ड गरिएको हो। मंगलबार राति अमेरिकी—स्पेनिस भाषाको युनिभिजन नेटवर्कमा प्रसारित भएको थियो।

अन्तर्वार्तामा बाइडेनले सहायता संगठनको गाडीलाई ड्रोनद्वारा आक्रमण गरिनु दुखद भएको बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १३:४३
Weather Update