प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध

काठमाडौं — प्रमुख प्रतिपक्षी दलहरूले प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध पारेका छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा र लोसपाले बैठक अवरुद्ध गरेका हुन्।
प्रतिनिधि सभाको बैठकमा विशेष समयपछि कांग्रेस र राप्रपा तथा लोसपाका सांसदहरूले उठेर विरोध जनाएका थिए।
कार्यसूची अनुसार बैठक अगाडि बढाउन सहयोग गर्न सभामुखले आग्रह गर्दा प्रतिपक्षी सांसदहरुले उठेर विरोध गरिरहे।
अर्को बैठक आगामी वैशाख २ गते आइतबार बिहान ११ बजे लागिका तय भएको छ।
प्रकाशित मिति: बुधबार, चैत २८, २०८० १३:१०