सिनामंगलस्थित सुकुम्बासी टोलबाट लागूऔषधसहित चार जना पक्राउ
काठमाडौं — प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवनका ५१ वर्षीया लक्ष्मी परियार, कैलालीका ३५ वर्षीय इन्द्रबहादुर साउद, दोलखाका ३४ वर्षीया सृजना बिक र ५१ वर्षीया मिना बस्नेत छन्। प्रहरीका अनुसार उनीहरु सिनामंगल स्थित सुकुम्बासी टोलबाट पक्राउ परेका हुन्।
त्यहाँ लागूऔषध कारोबार भइरहेको सूचनापछि घर खानतलासी गर्ने क्रममा उनीहरूको साथबाट लागूऔषध बरामद भएको प्रहरी वृत्त गौशालाले जनाएको छ। उनीहरूविरुद्ध थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट ७ को म्याद लिएको छ।
प्रकाशित मिति: बुधबार, चैत २८, २०८० १४:०७