प्रतिपक्षले संसद्मा उठाएको माग सरकारले सम्बोधन गर्नुपर्छः राजेन्द्र पाण्डे

काठमाडौं— नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले सहकारीमा ठगी भएको विषयमा छानबिन गरेर पीडितलाई न्याय दिन माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पाण्डेले प्रमुख प्रतिपक्षी दलले उठाएको मागलाई सरकारले सम्बोधन गर्नुपर्ने माग गर्दै सहकारी पीडितलाई न्याय दिनुपर्ने बताए।
उनले २०४७ सालदेखि सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने विषय अहिले उठिरहेको उल्लेख गर्दै एकीकृत समाजवादी यो प्रस्तावको समर्थन गर्ने र यसलाई अगाडि बढाउनुपर्ने बताए।
प्रकाशित मिति: बुधबार, चैत २८, २०८० १३:०५













