News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सुनचाँदीको मूल्य बढ्नेक्रम जारी, कतिमा भइरहेको छ किनबेच?

काठमाडौं — नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्नेक्रम रोकिएको छैन।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलामा ५०० ले बढेर १ लाख ३६ हजार ८०० कायम भएको छ। यो नेपाली बजारमा अहिलेसम्मको सुनको उच्च मूल्य हो। 

Prabhu Bank

यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ३६ हजार १५० रुपैयाँ निर्धारण भएको छ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँ किनबेच भएको थियो।

यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो। 

यता, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेर १७ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  ११:५२
Weather Update