News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
शेयर बजारमा दोहोरो अंकको गिरावट, घट्यो कारोबार

काठमाडौं — शेयर बजार परिसूचकमा बुधबार दोहोरो अंकको गिरावट आएको छ। १०.७१ अंकले घटेको परिसूचक २०२५.३० विन्दुमा रह्यो। उत्पादन तथा प्रशोधनबाहेक ११ उपसूचकमा आएको गिरावटले परिसूचक घटेको हो। कारोबार रकम पनि अघिल्लो दिनका तुलनामा ६६ करोडले घटेको छ । आज ८६ लाख ९६ हजार ९१८ कित्ता शेयर किनबेच हुँदा रकम ३ अर्ब ४८ करोड ५६ लाख रुपैयाँमा सीमित रह्यो। 

हिजो ९७ लाख ८९ हजार ४१६ कित्ता शेयर ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँमा किनबेच भएको थियो भने साताको पहिलो दिनको कारोबार रकम ४ अर्ब २५ करोड ६६ लाख रुपैयाँ थियो। १३ उपसमूहमा व्यापार १.४६ र उत्पादन तथा प्रशोधन ०.१३ प्रतिशतको बढोत्तरी छ। अन्य सबै उपसमूह घटेका छन्। सर्वाधिक फाइनान्स उपसमूह २.५० प्रतिशत छ। 

Prabhu Bank

आज १७६ कम्पनीको शेयरमूल्य घट्दा शेयर लगानीकर्तालाई नोक्सान भएको छ। ६३ कम्पनीको मात्रै शेयरमूल्य बढेको छ। ६ कम्पनीको शेयरमूल्य स्थिर रह्यो। शेयरमूल्य बढेका कम्पनीमा माण्डु हाइड्रोपावर र खानीखोला हाइड्रोपावर छन्। आज उच्च कारोबार हुनेमा हिमालयन रिइन्स्युरेन्स पहिलो नम्बरमा आएको छ। हिमालयको शेयर १२ करोड ५४ लाख रुपैयाँको किनबेच भएको छ।

यस्तै गोर्खाज फाइनान्सको ११ करोड १२ लाख, नेपाल फाइनान्सको ९ करोड ७७ लाख र पोखरा फाइनान्सको शेयर ९ करोड ७६ लाख रुपैयाँको किनबेच भएको छ।

शेयरमूल्य घट्दा सर्वाधिक नोक्सानीमा सिंगटी हाइड्रोपावरका लगानीकर्ता रहे। उक्त कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ। यस्तै बीन नेपाल लघुवित्त, एनआईसी एसिया सेलेक्ट फण्ड–३०, मनकामना स्मार्ट लघुवित्त, सबैको लघुवित्तलगायतका शेयरमूल्य घटेका छन्।      

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १५:४१
Weather Update