News Griha :: न्यूजगृह
कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

सुर्खेत— कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले शपथ लिएका छन्। 

उनले मंगलबार नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका २३ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियार समक्ष दाबी पेस गरेका थिए। 

लगतै परियारले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। 

कँडेलको पक्षमा एमालेका ९ (सभामुख बाहेक), माओवादीका १३ र नेकपा एकीकृत समाजवादीका १ जना सांसदले समर्थन जनाएका छन्। 

मुख्यमन्त्री राजकुमार शर्माले गत बुधबार राजीनामा दिएपछि कँडेल मुख्यमन्त्री बनेका हुन्। 

कँडेलले अब ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ।  

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १५:४९
Weather Update