News Griha :: न्यूजगृह
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी घिमिरे निर्वाचित    

काठमाडौं—  राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनीलाई हराउँदै उनी राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी हुन्।

बैठकमा उपस्थित ५५ जना सदस्यमध्ये घिमिरेको पक्षमा ३९ र विपक्षमा १६ मत परेको थियो। पुडासैनीको पक्षमा १६ र विपक्षमा ३९ मत परेको थियो।

यसअघि नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा उपाध्यक्ष बनेकी उर्मिला अर्यालले चैत १५ मा राजीनामा दिएपछि सो पद रिक्त थियो।

सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएअनुसार नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष बनेका थिए। राष्ट्रिय सभा उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्को कुनै दललाई दिनुपर्ने भएपछि अर्यालले राजीनामा दिएर एमालेकी विमला घिमिरेलाई अघि सारिएको थियो।

राष्ट्रिय सभाको बैठक शुक्रबारसम्म स्थगित गरिएको छ।

यो पनि पढ्नुहोसराष्ट्रिय सभाको उपाध्यक्षमा कांग्रेसका उम्मेदवार पुडासैनी पराजित

 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १४:५८
Weather Update