घिमिरे र पुडासैनी मैदानमा
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आज

काठमाडौं — राष्ट्रिय सभाको उपाध्यक्ष पदका आज निर्वाचन हुँदै छ। उपाध्यक्षका लागि मंगलबार दुई जनाको उम्मेदवारी दर्ता भएको छ।
नेकपा एमाले र नेपाली कांग्रेसका तर्फबाट छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएको हो ।
एमालेका तर्फबाट विमला घिमिरेले उम्मेदवारी दर्ता गराएकी थिइन्।
यस्तै, नेपाली कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएकी छन् । तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि निर्वाचन हुन लागेको हो।
एमाले उम्मेदवार घिमिरेलाई सत्ता गठबन्धनका दलहरूले मतदान गर्ने भएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार पुडासैनी भने अन्य साना दलहरूको मत तान्ने प्रयासमा छिन्।
प्रकाशित मिति: बुधबार, चैत २८, २०८० ०६:५५