News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संघीय राजधानी काठमाडौंमा प्रदर्शन गरेको छ। उसले संघीयता र गणतन्त्र विरोधी नारा लगाउँदै प्रदर्शन गरेको हो। व्यवस्था परिवर्तनका लागि भन्दै राप्रपाले भृकुटीमण्डपमा भेला भएर प्रदर्शन गरेको हो।

प्रदर्शनका कारण काठमाडौं र ललितपुरको सवारी आवागमन दिनभर प्रभावित भएको छ। घण्टौँ सवारी जाम भएको छ। देशभरबाट काठमाडौंमा जम्मा भएका राप्रपाका प्रदर्शनकारीले भद्रकालीबाट निषेधित क्षेत्र तोड्दै सिंहदरबारतर्फ अघि बढ्ने प्रयास गर्दा प्रहरीले बल प्रयोग गर्‍यो।

निषेधित क्षेत्र तोडेर अघि बढ्ने क्रममा झडप हुँदा १८ प्रदर्शनकारी घाइते भएका छन्। त्यसैगरी ढुङ्गामुढा गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरूलाई अभद्र व्यवहार कसूरको मुद्दा चलाउने प्रहरीको तयारी छ ।  

 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  २०:०८
Weather Update