कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ८ जनाविरुद्ध आरोपपत्र दायर

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मासमेत ८ जना उपर भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरको छ।
अख्तियारले सिँचाइ आयोजना निर्माणका क्रममा १३ लाख ७४ हजार ९९१ अनियमितता गरेको भन्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।
अख्तियारले नभएको काम भएको भनेर सो रकम बढी भुक्तानी दिइएको दाबी गरेको छ।
आरोप पत्र दायर गरिएकामा पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद कुस्मा, सवइन्जिनियर माधवकुमार भट्ट, वडा अध्यक्ष पटक बहादुर बम, वडा सचिव जानकी कुमारी शाही, उपभोक्ता समितिका अध्यक्ष मनराज शाही, सचिव लोकेन्द्र बम र कोशाध्यक्ष मोतिपुरा रोकाया छन्।
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८० १८:०१













