कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त

सुर्खेत— कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन्।
प्रदेश प्रमुख तिलक परियारले उनलाई मंगलबार बेलुका मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। कँडेलले गठबन्धनमा रहेका नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका थिए।
कर्णालीमा सरकार गठनका लागि २१ जना सांसदको आवश्यकता पर्छ।
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८० १८:२०