News Griha :: न्यूजगृह
कर्णालीमा एमालेका कँडेललाई मुख्यमन्त्री बनाउन दाबी पेस

सुर्खेत—  कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेललाई मुख्यमन्त्री बनाउन दाबी पेस गरिएको छ।

नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका २३ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियार समक्ष दाबी पेस गरिएको हो।

कँडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र नेकपा एकीकृत समाजवादीका १ जना सांसदले समर्थन जनाएका छन्।

मुख्यमन्त्री राजकुमार शर्माले गत बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा चैत २७ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न मंगलबार साँझ ५:५० बजेभित्र समय दिएका थिए। 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १८:१४
Weather Update