News Griha :: न्यूजगृह
सहकारीबाट लाखौ जनता ठगिएका छन्, पछि हट्नु हुँदैन : देउवा

काठमाडौं— नेपाली कांग्रेस सहकारी प्रकरणको मुद्दा उठाउने विषयमा पछि नहट्ने भएको छ। मंगलबार बसेको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले सहकारी मुद्दाबाट पछि नहट्ने स्पष्ट गरेका हुन्।

सभापति देउवाले धेरै जनता सहकारीबाट ठगिएको बताउँदै यस मुद्दालाई यतिकै छोड्न नहुने बताएका हुन्।

उनको भनाइलाई उदृत गर्दै एक नेताले भने, ‘लाखौँ जनता ठगिएका छन्। यो मुद्दालाई यतिकै छोड्नु हुँदैन। कानुन पनि छ र उपलब्ध प्रमाणहरू गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न पर्याप्त छन्।' 

मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारी प्रकरणको मुद्दालाई झन् सशक्त रुपमा उठाउने निर्णय गरेको छ। 


 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १२:४१
Weather Update